☰ open Loading... 20 September 2024|  

बस दुर्घटनामा तीनकाे मृत्यु २४ घाइते
  | ७ पुष २०७३, बिहीबार १७:४३

बस दुर्घटना हुँदा तीन जना यात्रुको मृत्यु भएको छ भने २४ जना यात्रु घाईते भएका छन् । दाङकाे घोराहीबाट वुटवलका लागि छुटेको लु २ ख ७७६ नम्वरको बस मुसोटखोलाको आरोलो नजिकै दोस्रो मोडमा दुर्घटना हुदा एक महिला सहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा दाङको सतवरिया ६ का कृष्णबहादुर शाही, रुकुम घर भइ हाल सौंडियार  ६ निवासी चित्रबहादुर श्रेष्ठ र प्युठानको स्वर्गद्धारी गाविस ६ का बेहोरी विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिएका छन् ।

घटनामा घाइते मध्य उपचारका क्रममा लमहीमा शाही र उपक्षेत्रीय अस्पताल घोराहीमा श्रेष्ठ र विकको मृत्यु भएको प्रवक्ता शर्माले बताए । घाइते मध्य १६ जना गम्भिर छन् भने अन्यकाे अवस्था सामान्य रहेको प्रहरीले बतायाे ।

घाइते हुनेमा धर्ना गाविस ५ निबासी विना सिजवाल, सोहीठाउँ निबासी मिना सिजवाल, गोबरडीहा ६ निबासी चन्द्र कान्त शर्मा, लमही नगरपालीका ११ निबासी शोभाराम पौडेल, प्युठानको विजवार ६ निबासी अनिल वैद्य, प्युठानकै नयाँगाउँ निबासी सोनिया सोनी, घोराही नगरपालीका ११ निबासी रक्षा गौतम, सोही ठाउँ ७ निबासी घनश्याम चौंधरी, श्रीराम भट्टराई, तुलसीपुर ७ निबासी ज्ञानु विष्ट, सोही ठाउँ निबासी सूनिता विष्ट, सतवरिया ३ निबासी कमल गिरी, स्याङजाको पुतली नगरपालीका निबासी ध्रुवविक्रम जिसी, सुशिल जिसी, मानपुर ९ निबासी हरी प्रसाद पौडेल, लालमटीया ४ निबासी मायाँ पोख्रेल र चालक सहित अरूकाे नाम नखुलेको प्रहरीले जानकारी दियाे ।

प्रहरीका अनुसार १० जनाको दाङ तथा अन्य घाइतेहरूको वुटवल र कोहोलपुरमा उपचार भइरहेको छ । बस सिधै मोडबाट करिब एक सय मिटर तल खसेर भिरमा अट्किएको छ ।