☰ open Loading... 19 September 2024|  

अव नयाँ विद्यालय खाेल्न अनुमति नपाउने
  | ७ पुष २०७३, बिहीबार १७:५०

सुर्खेत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले शैक्षिक सत्र २०७४ को लागि नयाँ विद्यालय खाेल्न  अनुमति नदिने निर्णय गरेको छ । सञ्चालनरत विद्यालयमा विद्यार्थीकाे संख्या घटेकाे र दरवन्दी अनुसार शिक्षक नभएकाले नयाँ विद्यालय सञ्चालन बन्द गरिएकाे जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

‘कतिपय विद्यालयहरुमा विद्यार्थी संख्या घट्दो क्रममा छ ।  यसले विद्यालयहरुलाइ मर्ज वा बन्द गर्नु पर्ने स्थिति देखायाे’ जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले भने,-‘जिल्लामा कतिपय विद्यालयहरु शिक्षक दरबन्दी विना सञ्चालन गर्नु पर्ने स्थितिको सिर्जना भएकाले कार्यालयले यस्तो निर्णय गर्नु परेको हो ।’

जिल्ला शिक्षा कार्यालयले गरेको यो निर्णय अनुसार सुर्खेत जिल्लाका सामुदायिक र संस्थागत कुनै पनि विद्यालयहरुले अव कक्षा १ कक्षा ६ र कक्षा ९ सञ्चालनका लागि याे वर्ष अनुमति पाउने छैनन् ।