☰ open Loading... 19 September 2024|  

घोषणा पत्र जारी गर्दै सकियो नागरिक सचेतना केन्द्रको जिल्ला भेला
  | ७ पुष २०७३, बिहीबार १९:४१

सुर्खेत । १० वुदे घोषणा पत्र जारी गर्दै सचेतना केन्द्रको दोस्रो जिल्ला भेला बिहीबार सम्पन्न भएको छ । बुधबारदेखी वीरेन्द्रनगरमा शुरु भएकोे भेलाले मुख्यगरी ग्रामिण क्षेत्रमा अझैपनि महिलाले भोग्नु परेका समस्याहरुलाई समाधान गर्न स्थानीयदेखी केन्द्रसम्म पहल गर्ने घोषणा पत्रमा समावेश गरेको छ ।

bhela-pp

यस्तै, नागरिक केन्द्रमा उठेका सबै समस्यालाई समाधानको पहल र स्थानीय केन्द्रमा कार्यान्वयनका लागि पहल गर्ने, महिला हिंसाको विरुद्ध एक भएर लाग्ने, स्थानीय स्तरमा मिल्न नसकेका कुरा केन्द्रसम्म पुर्याउन, सवैै सहकार्य गरेर अघि बढने लगायतका बुदाहरु छन् ।

समापन कार्यक्रममा बोल्दै शक्ति समूहका प्रवन्ध निर्देशक सुनिता दनुवारले सुर्खेतका महिलाहरुले भोग्नु परेका समस्यालाई नीति निर्मााण तहमा पुर्याउन पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । भेलामा मुख्यगरी जिल्लामा हुने बालविवाह, घरेलु हिंसा, घर निकाला, श्रीमानले छोरी पाएको भन्दै सौता ल्याउने, कुटपिट गर्ने जस्ता समस्याहरु व्यप्त रहेको बताइएको थियो ।

तर प्रवन्धक निर्देशक दनुवारले महिलाहरुका समस्या राज्यले बुझन जरुरी रहेको बताइन् । उनले महिला विना संसार चल्दैन भन्ने सवैले बुझनु आवश्यक रहेको भनाइ राखिन् ।

राज्यले महिलालाई पद दिएपनि काम गर्ने वातावरण अझै तय गर्न नसक्नु दुःखद् भएको दनुवारले उल्लेख गरिन् । समाजमा अझैपनि महिलालाई एकल निर्णय गर्ने अधिकार नदिएकै कारण हिंसा र बेचविखनमा पर्ने गरेको उनले जानकारी दिइन् ।

२० वर्षको अनुभवमा बेचविखन, बालविवाह, लैगिक हिंसा, बहुविवाहका घटनाहरु बढी हुने गरेको बताइन् । तर उनले समूदाय स्तरमै तपाइहरु रहेर बसेकाले बालविवाह लगायतका अन्य समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरिन् ।

अनुगमन विज्ञ मदन आचार्यले स्थानीय शासन तथा सामूदायिक विकास कार्यक्रम अन्तरगत देशभरि एक हजार ४ सय नागरिक सचेतना केन्द्र रहेको जानकारी दिएका थिए ।

उत्कृष्ट ८ नागरिक सचेतना केन्द्रमा हाम्रो नागरिक सचेतना केन्द्र बाबीयाचौर ४, नवज्योति नागरिक सचेतना केन्द्र छाप्रे ६, लिसिटाडा नागरिक सचेतना केन्द्र राकम ७, गतिशिल नागरिक सचेतना केन्द्र विनपा २५, नमूना नागरिक सचेतना केन्द्र दशरथपुर, देउती बज्यै नागरिक सचेतना केन्द्र विनपा १४, अभियान नागरिक सचेतना केन्द्र शुभाघाट गंगामाला, दिपज्योति नागरिक सचेतना केन्द्र भेरी गंगा ७ रहेका छन् ।

२ दिने भेलाको आयोजना जिल्ला सामाजिक परिचालन समन्वय समिति, वीरेन्द्रनगर नगरपालिका, समाज जागरण केन्द्र स्याक नेपालले गरेको हो ।