☰ open Loading... 16 September 2024|  

दश ठेकेदार विरुद्ध अनुसन्धान शुरू
  | १२ पुष २०७३, मंगलवार १८:०३

अवैध रुपमा जडीबुटी सङ्कलन गरेको आरोपमा जिल्ला वन कार्यालयले दश ठेकेदारमाथि निगरानी राखी अनुसन्धान सुरु गरेको छ । जिल्ला बन अधिकृत विशेन्द्रराज सुवेदीका अनुसार कार्यालयको मातहतमा रहेको कोल्टीस्थित इलाका वन कार्यालयले मङ्सिर २६ गते कोल्टी र दानसाँघु बजारबाट रु एक करोड ७९ लाख बराबरको अवैधरुपले ल्याइएको जडीबुटी बरामद गरेको थियो ।

सुराकीको आधारमा प्रहरीले २७ हजार केजी जटामसी, एक सय केजी चिराइतो, र ८० केजी कटुकी गरी २८ हजार एक सय ८० केजी जडीबुटी बरामद गरेको छ । वन कार्यालले नौ हजार सात सय केजी जडीबुटी सङ्कलनको अनुमति दिएकामा ठेकेदारले चार गुणा बढी ३६ हजार सात सय केजी जडीबुटी सङ्कलन गरेकोे थियो ।

वन कार्यालयले ठेकेदार सुरतबहादुर शाही, बिर्ख भण्डारी, धनबहादुर छन्त्याल, विष्णुप्रसाद सञ्ज्याल, मङ्गल थापा, बिर्ख रावल, गणेश रावल, राजेन्द्र शाही, नवीनकुमार शाही, दीपक रेग्मीलाई अनुसन्धानका लागि मङ्गलबार कोल्टी लगेको छ ।

वन कर्मचारी र ठेकेदारबीच पैसामा कुरा नमिलेपछि रहस्य बाहिर आएको स्थानीय जनताको भनाइ छ । सुरुमा वन कार्यालयले नदेखे झै गरे पनि चौतर्फी आलोचनापछि मात्र समात्न बाध्य भएको थियो ।

वन अधिकृत विशेन्द्रराज सुवेदीले यो विषयमा शुरुमा सूचना माग गर्दा नदिएको पनि बताइएको छ।  जिल्लाबाट ६५ बढी प्रजातिका जडीबुटी सङ्कलन गर्न पाउने अधिकार वन कार्यालयले दिएको छ ।