☰ open Loading... 19 September 2024|  

घाटगाउँ गाविसको १० औं परिषद
  | १२ पुष २०७३, मंगलवार १८:५३

सुर्खेत । पश्चिम सुर्खेतको घाटगाउँ गाविसले जिल्लाकै पहिलाे तथा अाफ्नाे दशाैं गाउँ परिषद सम्पन्न गरेकाे छ । परिषद्मा जि.वि.स.को पुजीगत अनुदान ४९ लाख ९५ हजार, चालु तर्फ ५ लाख ४५ हजार र गाविसको अन्तरिक श्रोत १ लाख १९ हजार ७ सय गरी ५६ लाख ५३ हजार ७ सय बराबरको बजेट प्रस्ताव गरेकाे हाे ।

बस्ती स्तरबाट र वडा भेलाबाट निर्णय भइ आएका योजनालाई मध्य नजर गर्दै विकास निर्माणमा बजेट विनियोजन गरेको गाविस सचिव मिन बहादु भण्डारीले बताए । सिंचाई सुविधा नभएको यस गाविसको प्रमुख समस्यालाई प्राथमिकतामा राखी सडक, स्थानीयको क्षमता विकास, आय आर्जन, कृषि र सामाजिक विकासलाई परिषदबाट विशेष स्थान दिइएको छ ।

कार्यक्रममा वडा नागरिक मञ्च, गाविस स्तरीय राजनीतिक दलका प्रतिनीधि, योजना तर्जुमा समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।