☰ open Loading... 16 September 2024|  

पुँजिगत बजेट नै न्यून खर्च
  | १३ पुष २०७३, बुधबार ११:३३

कालीकोट । कालीकोट जिल्लामा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा बिकास बजेट खर्च न्यून देखिएको छ । पहिलो चौमासिकको कात्र्तिक मसान्तसम्म २ प्रतिशत मात्र पुजिँगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक जयकुमार कटुवालले जानकारी दिए । कोष नियन्त्रक कटुवालका अनुसार पहिलो चौमासिकमा कूल पुजिँगत बजेटको २ दशमलव २८ प्रतिशत रकम मात्र भएको छ ।

आर्थिक बर्ष २०७३÷०७४ का लागि कालीकोटको पँुजिगत बजेट ४६ करोड ३८ लाख ३५ हजार विनियोजित बजेट भए पनि पहिलो चौमासिकको अन्त्यसम्म १ करोड ५ लाख ९६ हजारमात्र खर्च भएको छ । बिकास बजेटले चिनिने पुजिँगत बजेट खर्च हुन नसक्दा बिकासमा प्रभाव पर्ने जानकारहरु बताउँछन् ।

यसैगरी जिल्लामा विनियोजित चालु बजेट भने साढे ३० प्रतिशत खर्च भएको छ । जिल्लामा विनियोजन गरिएको १ अर्व ७९ करोड, २१ लाख ६० हजार कूल बजेट मध्ये ५४ करोड, ६७ लाख ७५ हजार रुपैयाँ खर्च भएको कोष नियन्त्रक कटुवालले बताए । कर्मचारीको तलब भत्ता र गोष्ठिक सेमिनारमा खर्च हुने भएकाले चालु बजेट खर्च बढेपनि बिकास बजेट खर्च हुन नसक्नु बिडम्बना भएको जानकारहरु बताउँछन् ।

ढिलो अख्तियारीको कारण देखाएर बिकास बजेट खर्च हुन नसकेको बताउँदै आउने सरकारी निकायहरुले यो बर्ष समयमै अख्तियारी आउँदा पनि बिकास बजेट खर्च बढाउन सकेका छैनन् । यसैबीच चालु आर्थिक बर्षको पहिलो चौमासिकमा कालीकोट जिल्लामा १ करोड ८९ लाख १० हजार राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कटुवालले जानकारी दिए ।