कर्णाली राजमार्गको यात्रा जोखिमपुर्ण भएता पनि विभिन्न सुन्दर प्राकृतिक र सांस्कृतिक दृश्यका कारण यात्रुका लागि रोमाञ्चक हुन सक्छ ।
तस्वीर : शव्द : सेवा भट्टराइ
२३२ किलोमिटर लामो कर्णाली राजमार्ग सुर्खेतबाट दैलेख र कालिकोट हुँदै जुम्ला जान्छ।
यात्रु र पर्यटकको चाप बढ्दै गएतापनि राजमार्गका छेउछाउका धेरैजसो संरचना भने परम्परागत नै देखिन्छन्।
१० वर्ष अघि यातायात चल्न शुरु भएको कर्णाली राजमार्गमा यात्रा गर्न अझै जोखिमपूर्ण नै छ।
विभिन्न स्थानमा पहिरो र खोलाका कारण यात्रा अवरुद्ध हुँदा राजमार्गका यात्रुहरु पैदलै हिंड्न वाध्य हुने गर्दछन्
दुर्गम क्षेत्रमा सामान पु-याउनका लागि घोडा वा खच्चरलाई भारी बोकाउनु अथवा आफैं बोक्नुको विकल्प छैन। विद्यालय जान, स्वास्थ्य उपचार गराउन र व्यापार गर्नका लागि अधिकांश मानिस पैदल यात्रा गर्ने गर्दछन् ।
नेपालको सबैभन्दा ठुलो ताल रारा हेर्न जाने पर्यटकका कारण पनि कर्णाली राजमार्ग व्यस्त हुने गरेको बताइन्छ।
राजमार्गको पहुँचका कारण एकातर्फ व्यापार बढेको बताइन्छ भने अर्कोतर्फ परम्परागत जीवनशैली विस्थापित हुने चिन्ता पनि छ।
ठेटुवा भनिने परम्परागत फरिया महिलाहरुले हिउँदको समयमा फुर्सदमा आफैं बनाउने गर्दथे। बनाउनका लागि तीन किसिमका जडीबुटीका रंग, निगालोको छिपो, र महिनौं समय लाग्ने यो परिधान अहिले लोप हुँदैछ।
कर्णालीका वासिन्दा मस्टा भनिने देवताहरुको समूहमा विशेष आस्था राख्ने गर्दछन् र विभिन्न स्थानमा मस्टा तथा सम्बन्धित देवताका यस्ता थानहरु भेटिने गर्दछन्।
देवताका जात्राका समयमा धामीहरु दमाहाको तालमा नाच्ने गर्दछन् । हाल कर्णालीमा महिला धामीको संख्या र स्वीकृति बढ्दो देखिएको छ।
स्राेत : विविसी नेपाली