☰ open Loading... 7 September 2024|  

खेतीयाेग्य जमिन बस्तीमा परिणत
  | १३ पुष २०७३, बुधबार ११:५९

sallibazar
खेतीयाेग्य जमीनमा बस्ती विस्तार भएकाे सल्लीबजार क्षेत्र ।

जिल्लामा खेतीयोग्य जमिन मासिदैँ जान थालेकोमा सराेकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन । जिल्लाको उत्तरी पश्चिमी क्षेत्रमा वजार विस्तारसँगै खेतीयोग्य जमिन मासिदैँ जान थालेको हो ।

उत्पादनको दृष्टिले राम्रो र उर्वर जमिन धमाधम खेती योग्य जमिनमा घर तथा आवास निमार्ण हुन थाले पछि खाद्य वस्तुमा पछि जटिलता देखिने कृर्षि कार्यालय मुलखोलाकी दिपा वंशिले बताइन । उनले राम्रो मानिएको खेती योग्य जमिन वर्षेनी मासिदैँ जान थालेकोमा दुःख व्यक्त गरिन ।

पछिल्लो समयमा उत्पादनको दृष्टिले अति नै राम्रो मानिएको देवस्थल गाविसको सल्लीवजार, देवस्थल, घाटगाउँ, शंखपिपल वजार, माझकाँडाको ढोरपिपल वजार र छिमेकि जिल्ला सुर्खेतको राकम,जामुने वजार लगाएतका क्षेत्रमा धमा धम पलटिङ्गको कार्यले तिव्रता पाएको छ ।

यता सुविधासँगै सडक सञ्जालले छोए पछि नागरिक उच्च भेक छाडेदै तल वेशितिर झर्ने क्रम बृद्धि भएको छ । र उच्च भेकका गाउहरु रित्तीन थालेका छन् । यही अबस्था यथावत रहे अबको केही वर्षमा खेतीयोग्य जमिन करेसा वारि वाहेक अरु नपाईने र खाद्य वस्तुको ठुलै समस्या देखा पर्ने कृर्षि सम्बन्धी जानकार तथा उच्च मुल्य कृर्षि वस्तु विकास आयोजना प्रमुख सल्लीवजारका शिव अधिकारीले बताए ।

उच्चमूल्य कृषि बस्तु बिकास कार्यक्रमले यो कुरालाई निकै जन चेतना वढाएको छ । तर पनि नागरिक सुविधा उपभोगसँगै भएको जमिन जग्गालाई घडेरीमा महँगो मुल्य पाएकोले घडेरीका रुपमा विक्रिवितरण गरिरहेको अधिकारीले बताए ।