☰ open Loading... 16 September 2024|  

४० औं दिनमा खुल्यो पत्रकार महासंघ सुर्खेतमा लागेको ताला
  | १३ पुष २०७३, बुधबार १३:४९

tala

सुर्खेत । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतमा लागेमा ताला ४० औं दिनमा खुलेको छ । महासंघ सुर्खेत र असन्तुष्ट पत्रकारहरुविच तीन बुदे सहमति भएपछि बुधबार कार्यालयमा लागेको ताला खोलिएको हो ।

शुद्धिकरणले महासंघ सुर्खेतमा विवाद चर्कियो, शाखामा असन्तुष्टीले गरे तालावन्दी

सदस्यता शुद्धिकरणमा देखिएको असन्तुष्टि केन्द्रले गरेको निर्णय दुवै पक्षले स्वीकार गर्ने, कार्यालयमा लागेको ताला खोल्ने र महासंघको हकहितका लागि आगामी दिनमा सवैसंग सहकार्य गरेर अगाडी बढ्ने सहमति भएको छ ।

सुर्खेत महासंघले गरेको निर्णयप्रति असन्तुष्टि, एकलाैटी निर्णय गरेकाे पत्रकार संगठनकाे अाराेप

महासंघ कार्यसमितिले एकलौटी र आफूखुसी शुद्धिकरणका नाममा ९० जनाका पत्रकारहरुको सदस्यता खारेजी गरेको भन्दै असुन्तष्ट पक्षहरुले गत मंसिर ३ गते कार्यालयमा तालावन्दी गरेका गरेका थिए ।