☰ open Loading... 24 December 2024|  

पुनर्संरचनाको प्रतिबेदन नबुझ्नु रहस्यमय : ज्वाला
  | १३ पुष २०७३, बुधबार १८:००

ब्यबस्थापिका संसद अर्थ समितीका सभापति प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहालले आयोगले तयार पारेको पुनर्संरचनाको प्रतिबेदन नबुझ्नु रहस्यमय भएको बताएका छन् ।

स्थानिय निकायको चुनाब गर्नका लागी स्थानिय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिबेदन प्रधानमन्त्रीले बुझ्न नमानेको बताउदैँ त्यस भित्र केही रहस्य भएको बताएका हुन् ।

salyan-juwal

सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाको चौँथो नगरपरिषदबाट पारित आर्थिक बर्ष २०७४/०७५ का निती, कार्यक्रम तथा बजेट सार्बजनिकिकरण कार्यक्रमलाई सम्बोदन गदैँ उनले भने,-‘लामो समय खर्चेर स्थानिय तह पुनर्संरचना आयोगले बिभिन्न गाउँपालिका तथा नगरपालिकाको नयाँ खाका तयार पारेको बेला फेरी पुरानै संरचना अनुसार चुनाव गर्न खोज्नु देशको लागी दुर्भाग्य हाे ।’

‘बिकासका लागी स्थानिय निकायको निर्बाचन अपरीहार्य छ’ नेकपा एमालेका पोटिब्यूरो सदस्य तथा सल्यान क्षेत्र नंं २ सांसद समेत रहेका ज्वालाले  भने,-‘बैशाखसम्ममा स्थानिय किायको निर्बाचन हुने गरी सरकारले अब छिट्टै निर्बाचनको मिती घोषण गर्नु पर्छ ।’

पछिल्लो समयमा तीन राजनितिक दलहरु बिचमा संबाद भइरहेकाले अबको केही दिनमा नै सहमती हुने बिश्वास ज्वालाकाे छ । उनले नगरपालिकाको बिकासको लागी आफु प्रयत्नसिल रहेको बताएका छन् ।

नगरपालिका भित्र बिभिन्न बिकास निर्माणका सम्भाबना रहेको बताउदैँ उनले त्यस्ता बिकास निर्माणका काममा सक्रिय भएर लाग्न नगरबासीलाई आग्रह गरे । बिकास निर्माणका काम एकै पटक धेरै गर्नु भन्दा थोरै गर्ने तर दिगो हुने गरी गर्नु पर्नेमा जोड उनकाे थियाे ।