| १८ पुष २०७३, सोमबार १७:४०
बाजुरा । बडिमालिका नगरपालिका–९ जिल्लीमा विद्युत्को झट्का लागेर मृत्यु ३५ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको छ । घर निर्माणको काम भइरहेका बेला खम्बामा रहेको तारमा छोएपछि विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए ।
मृतकका आफन्तजनले भने त्रिवेणी साना जलविद्यु्त् केन्द्रको कमजोरीका कारण विकको मृत्यु भएको आरोप लगाएका छन् ।