☰ open Loading... 25 October 2024|  

चितुवाको छालासहित एक पक्राउ
  | २० पुष २०७३, बुधबार १०:३८

चितुवाको एक थान छाला सहित एक जनालाई क्षेत्रिय ब्यूरोको टोलीले पक्राउ गरेको छ ।  गोप्य सुचनाको आधारमा चितुवाको छाला लुकाई छिपाई गईरहेको अवस्थामा क्षेत्रिय ब्यूरोका प्रहरी सहायक निरिक्षक संजिव के.सी. सहितको टोलीले एक जनालाई पक्राउ गरेको हो ।

बर्दियाको बबई नगरपालिका ३ पुर्व पश्चिम राजमार्ग संग जोडिएको आम्वसाबाट ब्यूरोको टोलीले दैलेख जिल्ला सातला १ बस्ने ५२ बर्षिय बल बहादुर शाहिलाईलाई चितुवाको छाला सहित पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीषक भरत बहादुर बोहराले बताए ।

मंगलवार साँझ ४.३० बजेको समयमा शाहिले कालो ल्यावटपको कालो झोलामा चितुवाको एक थान छाला सहित पक्राउ गरिएको बोहराले भने ।