☰ open Loading... 24 December 2024|  

विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग
  | २० पुष २०७३, बुधबार १६:५०

सुर्खेत । जिल्लास्थित लायन्स क्लवहरुले आज (बुधबार) सुर्खेतको वीरेन्द्रनगरस्थित बालमन्दिर प्राथमिक विद्यालयका बालबालिकाहरुका लागि विविध सामाग्री सहयोग गरेका छन ।

samagiri
बाल संगठनअन्तर्गत सञ्चालित बाल मन्दिरको शिशु स्याहार केन्द्रका बालबालिकाहरुका लागि एक एक जोर विद्यालय पोशाक, एक जोर न्यायो कपडा, कापी पेन्सिल र दिवा खाजा वितरण गरिएको हो ।

विद्यालय प्रांगणमा भएको कार्यक्रममा लायन्सहरुका तर्फबाट रिजन चियरपर्सन कल्पना कार्कीले संगठनका सचिव गणेशकुमार कार्कीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको छ ।

सामाग्री हस्तान्तरणपछि चियरपर्सन कार्कीले असहाय र विपन्नहरुको सहयोगका लागि लायन्सहरु सधैं तत्पर रहेको भन्दै विद्यालयलाई आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने प्रतिवद्धता जनाए ।

आर्थिक अभावकै कारण कुनैपनि बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै लायन्स क्लवले विपन्न बालबालिकाहरुलाई थप सहयोग गर्ने आश्वास पनि उनले दिए ।

कार्यक्रममा बाल संगठनका सचिव गणेशकुमार कार्कीले शिशु स्याहार केन्द्रमा अति विपन्न परिवारका बालबालिबा पढ्ने गरेको उल्लेख गर्दै उनीहरुका लागि खेलौनालगायत अन्य शैक्षिक सामाग्रीहरुको थप आवश्यक्ता रहेको उल्लेख गरे ।

बाल संगठनले विभिन्न समाजसेवी तथा परोपकारी संघसंस्थाहरुसंग शिशु स्याहार केन्द्रका लागि सहयोग जुटाउने अभियान जारी राखेको भन्दै उनले आगामी शैक्षिक वर्षमा विद्यार्थीको संख्या र सिकाईस्तर बढाउने प्रयास जारी रहेको जानकारी दिए ।

करिव २५ जना विद्यार्थी भर्ना भएको उक्त शिशु स्याहार केन्द्रमा कापीकलम र पोशाक किन्न नसक्ने भएकै कारण विद्यार्थी संख्या घटेर १८ मा झरेको सचिव कार्कीले बताए ।

बाल संगठनको आग्रहमा अघिल्लो वर्ष अष्टेलियामा रहेकी सुर्खेती युवाहरुले आफ्नाे आम्दानीको केहि रकम जोगाएर न्यायो कपडा र कापीकलम वितरण गरेका थिए भने सुर्खेतस्थित प्रतिक्षा मोन्टेश्वरीले पनि शैक्षिक तथा खेलकुद सामाग्री उपलब्ध गराएको थियो ।

कार्यक्रममा लायन्स क्लव अफ मध्यपश्चिमका अध्यक्ष रामप्रसाद पाण्डेले खानलाउन सजिलै पुग्नेहरुले आप्mनो खर्चको थोरै हिस्सापनि सामाजिक तथा परोपकारी काममा लगाए समाजमा कोहि गरिबी र अभावमा बाँच्न नपर्ने जिकिर गरे ।

यसैगरी, लायन्स क्लवका कार्यक्रम संयोजक सम्राट गौतमले बाल संगठनको विशेष आग्रहमा शिशु स्याहार केन्द्रलाई सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि आवश्क्ताअनुसार सहयोग जुटाइने बताए ।

लायन्स क्लव अफ सुर्खेत काँक्रेविहारका अध्यक्ष विन्दू नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सनहरु विजय पराजुली,सरस्वती वस्नेत, महिला जेसीजका निवर्तमान अध्यक्ष प्रतिमा मल्ललगायतको उपस्थिति रहेको थियो ।