☰ open Loading... 24 December 2024|  

सबै जारको पानी स्वस्थ हुँदैन
  | २० पुष २०७३, बुधबार १७:२०

प्लास्टिकको जार कुच्चिएको, फुटेको, पुरानो भएर धुलोमैलो लागेको, जारको भित्री भागमा लेउ लागेकोजस्तो देखिएमा प्रयोग नगर्ने ।

tips

  • जारको टाउकोमा लगाइएको क्यापमा अनुज्ञापत्र लिएको छ/छैन हेर्नुपर्छ । डिएफसिक्युसी (डिपार्टमेन्ट अफ फुड टेक्नोलोजी एन्ड क्वालिटी कन्ट्रोल नम्बर) पनि हेर्नुपर्छ । यस्तो नम्बर भएको उत्पादन खाद्य प्रविधिको नियमनमा छ भन्ने बुझ्नुपर्छ ।
  • क्यापमा लगाइएको लेबलमा ब्रान्ड नेम, उत्पादन मिति, उपभोग मिति, कम्पनीको सही स्थान वा फोन नम्बर छ/छैन हेर्नुपर्छ ।
  • जारको क्यापमा स्रिङ्क र्‍याप भएको हुनुपर्छ । बाहिरबाट मेसिनद्वारा प्लास्टिकले लेमिनेसनजस्तै गरिएको यस्तो र्‍यापले गुणस्तरीय उत्पादनमा जोड दिन्छ । यस्तो र्‍याप नभएको जार खरिद नगर्ने । बिक्रेतालाई पनि सो विषयमा सजग गराउनुपर्छ ।
  • जारमा मिनरल वाटर लेखेको भएमा त्यो गलत हो । यस्तो लेखिएको जारमा शंका गर्नुपर्ने हुन्छ । विभागले प्रोसेस ड्रिंकिङ वाटरका लागि मात्र सबै कम्पनीलाई स्वीकृति दिएको छ । सबै बोटलमा यही लेखिएको हुनुपर्छ ।

enyapatrika