☰ open Loading... 10 December 2024|  

घाटगाउँदेखी घोरेटासम्मको जमिनमा सिंचाई पुर्याउन नयाँ परियाेजना
  | २१ पुष २०७३, बिहीबार ०९:३१

छिन्चु (सुर्खेत) । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजना निर्माणसँगै अर्को ठुलो परियोजना भेरी करिडोरको काम पनि अगाडी बढेको छ । भेरी नदी किनाराको जमिनमा सिंचाई पुर्याउने उदेश्यले यो परियोजना सञ्चालनमा आएको हो ।

bheri-caridor-aayojana

वर्षौदेखी भेरी नदी किनारा आसपासका नागरिकहरुको जमिन सुख्खा नै रहन थालेपछि सिँचाई पु¥याउनका लागि यो परियोजना अघि सारिएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले जानकारी दिए ।

घोरेटा गाविसको वार्मदेखी घाटगाउँको कर्णाली र भेरी नदीको संगमस्थलसम्म यो परियोजना लागु हुनेछ । परियोजनाको पहिलो चरणमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को अध्ययन गर्न ठेक्का आह्वान भइसकेको भेरी–बबई डाइभर्सनका बहुउदेश्यीय आयोजनाका निर्देशक बस्नेतले बताए ।

घोरेटादेखी घाटगाउँसम्मको भेरी नदीको लम्वाई १२५ किलोमिटर छ । यो परियोजना लागु भएपछि यहाँका १९ गाविस र २ नगरपालिकाका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

भेरी नदीको पानी सोलार र विद्युतबाट पम्पिङ्ग गरेर २ किलोमिटरसम्मको जमिनमा सिँचाई पु¥याइनेछ । घोरेटादेखी घाटगाउँसम्मको ६ हजार ६ सय हेक्टर जमिनमा सिँचाई सेवा पु¥याइने आयोजना प्रमुख बस्नेतले उल्लेख गरे ।

भेरी करिडोरको मुख्य उदेश्य सिँचाइ, विद्युतिकरण र कृषि सडकलाई प्राथमिकतामा राख्नेछ ।

‘हामीसंग जमिन छ, पानी पनि छ । तर प्रविधिको उपयोग छैन्’ बस्नेतले भने,–‘विद्युतिकरणको अभावले तलबाट नदी बगेको छ, माथिको जमिन सुख्खा छ । त्यही जमिन सिँचित गर्न यो परियोजना अगाडी बढाएका हौं ।’

तत्काल भेरी नदी किनारामा विद्युत विस्तार गर्न नसकिने भएकाले सोलार जडान गरेर भएपनि पानी पम्पिङ्ग गरिनेछ । परियोजनाले २७ किलोवाटको सोलार जडान गरेर पानी तान्दा उपयुक्त हुने निषर्क निकालेको छ । तर डिपिआरको काम सक्ने वित्तिकै सरकारले बजेट विनियोजन गरेर काम अगाडी बढाउने बस्नेतले जानकारी दिए ।