☰ open Loading... 26 October 2024|  

सडक दुर्घटनामा एककाे मृत्यु
  | २१ पुष २०७३, बिहीबार १२:०६

दाङ । मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दाङको सहिदगेटबाट चितवनतर्फ जाँदै गरेको लु२८प ८४७ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री १६ वर्षीय निमतुल्ला सिद्धिकीको मृत्यु भएको हो ।

उहाँको उपचारका क्रममा कोहलपुर अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारत घर भएका सिद्धिकी घोराही नगरपालिका–११ मा बस्दै आएका थिए । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।