☰ open Loading... 26 April 2024|  

युवा नेता महेश बस्नेत सुर्खेतमा
  | २२ पुष २०७३, शुक्रबार २०:११

mahesh-basnet

सुर्खेत । नेकपा एमालेका युवा नेता महेश बस्नेत सुर्खेत आइपुगेका छन् ।

देशको समसामहिक राजनीतिक विषय, नयाँ संविधान कार्यान्वयन, नेकपा एमाले र युवा संघ नेपालको भुमिकाका बारेमा युवा कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत आइपुगेका हुन् ।

पूर्व उद्योगमन्त्री समेत रहेका चर्चित युवा नेता बस्नेतले शनिबार भेरीगंगा नगरपालिकामा हुने युवा संघ नगरको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाले जानकारी दिए ।

अध्यक्ष देवकोटाका अनुसार भोली (शनिबार) विहान ८ बजे वीरेन्द्रनगरमा अगुवा युवा कार्यकर्तालाई बस्नेतले प्रशिक्षण दिनेछन् । त्यसपछि भेरीगंगाको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको युवा संघले जनाएको छ ।