☰ open Loading... 19 May 2024|  

एसएओएस बालग्राममा खेलकुद सप्ताह
  | २४ पुष २०७३, आईतवार १८:०७

सुर्खेत । वीरेन्द्रनगरको कालागाउँमा रहेको एसओएस बालग्रामले खेलकुद सप्ताह जारी राखेकाे छ । आगामी माघ ११ गते अभिभावक दिवस मनाउने तयारीमा रहेको एसओएसले यसको पूर्व सन्ध्यामा खेलकुद सप्ताह जारी राखेको हो ।

runnin-khel
विद्यार्थीको सर्वाङ्गिण विकास र विद्यालयको छवि उच्च राख्न खेलकुदको आयोजना गरिएको एसओएस बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले जानकारी दिए । बालग्रामले पहिलो पटक स्काउट, तेक्वान्दो र ह्याण्डबलको पनि शुरुवात गरेको गिरीले बताए ।

विद्यालयले गत हप्ता नै भलिवल, फुटबल, बास्केटबल, कबड्डी र तेक्वान्दो प्रतियोगिता सम्पन्न गरिसकेको छ । आईतबारदेखी ट्याक तथा फिल्ड इभेन्टहरु शुरु गरेकाे छ । यी इभेन्टहरु तीन दिनसम्म जारी रहने निर्देशक गिरीको भनाई छ । यस्तै, बालग्रामले पहिलो पटक विज्ञान, सूचना प्रविधि तथा कला प्रदर्शनीको पनि आयोजना गर्न लागेकाे छ ।

खेलकुदका विजयी प्रतियोगीहरुलाई यही पुस २६ गते पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । तर स्काउट, तेक्वान्दो, विज्ञान, सूचना प्रविधि तथा कला प्रदर्शनी, साँस्कृतिक लगायतका कार्यक्रमहरु माग ११ गते अभिभावक दिवसमा सञ्चालन गरिने निर्देशक गिरीले जानकारी दिए ।

ट्याक तथा फिल्ड इभेन्ट उद्घाटन सत्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, एसओएस बालग्रामका उप–निर्देशक सुशीलमणि ज्ञवाली, सामाजिक केन्द्र एसएओएस सुर्खेतका ईन्चार्ज श्याम क्षेत्री, व्यवस्थापन समितिका सदस्य निलकण्ठ खनाल लगायतको उपस्थिती थियो ।