☰ open Loading... 7 September 2024|  

बस दुर्घटनामा चार यात्रु घाइते
  | २४ पुष २०७३, आईतवार १९:०१

सुर्खेत । सुर्खेत र दैलेखको सिमानामा पर्ने कान्छी बजार नजिक बस दुर्घटना हुदा ४ जना घाइते भएका छन । दैलेखको धरमपोखरबाट सुर्खेत आउदै गरेको ना ३ ख २२७८ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्रफिक कार्यलय सुर्खेतले जनाएको छ। बस बाटो नजिकैको रुखमा ठोकिएर दर्घटना भएको ट्रफिक प्रमुख हर्कबहादुर रावलले जानकारी दिए ।