☰ open Loading... 15 June 2024|  

संशाेधन प्रस्ताव पारित गर्न खाेजिए दलिय ध्रुविकरण बढ्छ : एमाले सचिव भट्टराई
  | २७ पुष २०७३, बुधबार १८:१७

दाङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद्मा टेवुल गरिएको संविधान संसोधन प्रस्तावलाई पारित गर्न खोजिए दलिय ध्रुविकरण झनै बढ्ने बताएका छन् ।

yogesh-bhattarai

संशोधन प्रस्ताबको बिपक्षमा रहेका दलहरुको संयुक्त संघर्ष समिति दाङले बुधबार घोराहीमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै सचिब भटराईले संसद्मा टेवुल भएको संसोधन प्रस्ताव अघि वढाउन खोजे दलहरुविचको ध्रुवीकरण बढ्ने र अस्थिरता निम्तने चेतावनी दिएका हुन् ।

संशोधनको प्रकृयालाई थाती राखेर स्थानिय निकायको निर्वाचनमा जानु उत्तम हुने उनको धारणा छ । सचिव भट्राईले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई आग्रह गर्दै स्थानिय निकाय सम्वन्धी आयोगले वुझाएको प्रतिवेदन सुझाव नभई निर्देशन भएकाले त्यस अनुरुप अघि वढ्न समेत सुझाव दिए ।

संविधान कार्यान्वयन मै नल्याएर संशोधनको प्रकृया थाल्नु आबस्यक नरहेको समेत उनको भनाई छ । घोराहीको ट्राफिक चोकबाट सुरुभएको बिरोध ¥यालीले बजारको परिक्रमा गर्दै शहिद गेटमा कोणसभा गरेको हो । बिरोधसभामा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माले सहितका दलहरु रहेका छन् ।