सुर्खेत । हरेक नागरिक पीडित भएमा सबैभन्दा पहिला न्याय माग्न जाने दैलो प्रहरी कार्यालय नै हो । तर सुर्खेतमा भने प्रहरीको दादागिरीले सोझो समुदाय थारुलाइ हेप्दै न्याय नै नदिएकाे आरोप उनीहरूकाे छ ।
प्रशंग गत पुस २९ गते हो । ज्याला मजदुरी काम सकेर घर फर्कदै गरेका वीरेन्द्रनगर–१७ कालिमाटीका रामबहादुर चौधरीलाई बसले ठक्कर दियो । उनको घटना स्थलमै मृत्यु भयो । ३० वर्षिय रामबहादुरले कमाएको पैसाले घरमा रहेका बुवा, श्रीमती र दुई छोराले दैनिक गुजरा चलाउथे । अफसोच ! थारु सामुदायको मुख्य पर्व माघिको अघिल्लो दिन नै रामबहादुरको मृत्युको खवरले परिवार शोकमा डुव्यो ।
परिवारले माघि त मनाउन पाएनन् नै सिंगो कालिमाट गाउँ नै शोकमा डुब्यो । वर्षको एक पटक आउने माघि मनाउने तयारी गरिरहेको परिवार र गाउँमा रामबहादुरले खुसी साट्न नपाउँदै दैवले उनलाई सदाका लागि धर्तिबाट छिनि सकेको थियो ।
ना २ ख ३२४१ नम्बरको बसले बुलबुल गेट नजिकै रामबहादुरलाई ठक्कर दिएको थियो । घटना लगतै चालक विवेक मल्ल फरार छन् । रामबहादुरको आर्थिक अवस्था कमजोर भएकाले उनी क्षेत्रीय पशु निर्देशनालयमा ज्यालादारी काम गर्थे । रामबहादुरका बुवा प्रदेशवा थारु, श्रीमती निर्मला चौधरी, छोराद्वय सन्देश र सुसान्तसहित सिंगो गाउँ जिल्ला प्रहरी कार्यालय परिसर न्यायको लागि पुगेका छन ।
आफन्तले उचित क्षतीपूर्ति र दोषि चालकलाई कारवाहीको माग राख्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले एक्शन नलिएको आरोप लगाएका छन् । आफन्तले तीन दिनदेखी मृतक रामबहादुरको शव बुझेका छैनन् । तर एसपी आचार्यले भने,–‘कठै..कठै प्रहरीले न्याय दिएन भन्नु गलत हो सर ।’
‘हाम्रो काम नै न्याय दिलाउने हो, हामीबाट त्यो काम भएनन् भने हामी भएको के काम सर’ प्रश्न गर्दै एसपी आचार्यले थपे,–‘कानुन अनुसार हामी अगाडी बढ्ने हो । मैले उहाँहरुलाई भेटेर किटानी दिनुस् भनेको छु, किटानी दिने वित्तिकै हामी एक्शनमा जान्छौं ।’
फरार चालक बारे एसपी आचार्यले भने खोजी कार्य भइरहेको जानकारी दिए । ‘भागेर कहाँ जाला हामीले व्यापक खोजी कार्य जारी राखेका छौं’ एसपी आचार्यले थपे,–‘प्रहरीकै दादागिरीले न्याय पाएनन् भन्नु राम्रो हैन है सर ।’