☰ open Loading... 25 February 2025|  

हिउँले ढाकियो जुम्ला (फोटो फिचर )
  | २ माघ २०७३, आईतवार १६:२६

हिउँले ढाकियो जुम्ला (फोटो फिचर )

आइतबार विहान ७ बजेदेखि परेको हिमपातका कारण जुम्ला सेताम्य भएको छ । जुम्ला आसपासका सुख्खा डाडाँकाडा हिउँले सेताम्य हुनुका साथै खलंगाबजार हिउँले ढाकिएको छ। शनिबार दिनभर वादल लागेपछि आइतबार विहान ७ बजेबाट हिउँ पर्न थालेको हो।

हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। उच्च स्थानमा मध्येराति देखि नै  हिमपात सुरु भएपनि सदरमुकाम खलंगामा विहान देखि हिउँ पर्न थालेको हो।
हिमपातले सिजाका ११ वटा गाविस, चौधविस क्षेत्रका डिल्लीचौर, छुमचौर, पातारासी गोठिचौर,   पानसय क्षेत्रका ताम्ती, मालिकाठाँटा, घोडेमहादेव र असी क्षेत्रका देपालगाउँ र गज्र्यांकोट क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन्।

आकासमा लागेको बादलका कारण यहाँका सोलारबाट सञ्चालित सञ्चार माध्यम बन्द हुने अवस्थामा छन्, भने सरकारी तथा गैरसरकारी कार्यालयको सोलार सिस्टमले काम गरेका छैनन्।         हिमपातका कारण सेवाग्राही आउन सकेका छैनन्।  गाउँका  गाईवस्तुलाई दानापानी दिनेदेखि वालवालिका र वृद्धावृद्धालाई चिसोको प्रभाव निकै परेको स्थानीयले बताएका छन्।

हिमपातले यहाँ चल्ने हवाई सेवा बन्द भएका छन  भने विहानदेखि सवारी सधान चल्न सकेका छैनन्।   सदरमुकाम आसपासको डाँडाकाडामा आधा फिट हिउँ परेको छ। मानिसहरु घरमा आगो बालेर बसेका छन्।




साभार ः नागरिक न्यूज डटकम