☰ open Loading... 16 September 2024|  

बालबालिका न्यायो कपडा वितरण
  | ३ माघ २०७३, सोमबार १७:३३

सुर्खेत । लायन्स क्लब अफ सुर्खेतले लायन्स क्लबका सस्थापक मेल्भिन्स जोन्सको जन्म जयन्तिको अवसरमा सोमवार बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरेको छ ।

वीरेन्द्रनगर–६ सुर्खेतको खोर्के लाईनमा रहेको बाल विकास केन्द्रका ३० जना बालबालिकाहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको हो ।

क्लबले बाल विकास केन्द्रका विद्यार्थीहरुलाई जुता, मोजा, टोपी, स्वीटर, कपी, कलम, खेलौनाहरू लगायत विभिन्न सामाग्रीहरू बितरण गरेको हो ।

लायन्स क्लब अफ सुर्खेतले आफ्नो बार्षिक कार्यक्रम अनुसार न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको हो । क्लबका अध्यक्ष खड्कबहादुर गौतमको सभापतित्व क्लबका रिजनल चियर पर्सन कल्पना कार्कीको प्रमुख आतिथ्यता, डिष्टिक अफिसर टुकाराम लामिछानेको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नागरिक मञ्चका अध्यक्ष माधब भट्टराई, लायन्स क्लब अफ बुलबुलेका अध्यक्ष नवराज गुरूङ, लायन्स क्लब अफ काँक्रेबिहारकी अध्यक्ष बिन्दु नेपाल लगायतको उपस्थिती रहेको थियो ।

लायन्स क्लब सामाजिक संस्था भएकाले सामाजिक कार्य अन्तर्गत न्यानो कपडा वितरण गरिएको क्लबका डिष्ट्रिक अफिसर टुकाराम लामिछानेले जानकारी दिए ।