☰ open Loading... 7 September 2024|  

ट्रयाक्टर दुर्घटनामा एककाे मृत्यु
  | ३ माघ २०७३, सोमबार १७:४७

बर्दिया । ट्रयाक्टर दुर्घटना हुदा आज बर्दियाको कालिकामा एक जनाको मृत्यु भएको छ । भे १ त ५७९२ नंम्वरको ट्रयाक्टर कालिका ३ स्थित बम्रेली टोल नजिकको सडकमा दुर्घटना हुँदा कालिका ३ निवासी बर्ष ५० का प्रकाश पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माटो बोकेको ट्रयाक्टर साेमबार दिउसाे करिब १२  बजे सडक किनारमा दुर्घटनाहुँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईको छ भने ट्रयाक्टर र ट्रयाक्टर चालक कालिका १ बोकटिया निवासी राजु चौधरीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक देबेन्द्र कुमार मल्लले जानकारी दिए ।

मृतक पौडेल बर्दिया एकेडेमी कालिका बर्दियाको बस ड्राईभर हुन । उनका १ छोरा , २ छोरी र पत्नि भएको पारिवारीक स्राेतले जनाएको छ ।