☰ open Loading... 19 September 2024|  

बाढीपहिरो पहिरो विस्थापितले भुकम्पसरह राहत पाउने कार्यविधि बन्यो
  | ४ माघ २०७३, मंगलवार १८:१४

सुर्खेत ।  सुर्खेतसहित देशका पाँच जिल्लाका बाढीपहिरो विस्थापितहरुले  अव भुकम्प पीडतसरह राहत रकम दिन कार्यविधि बनेको छ । शहरी विकास मन्त्रालयले गत मंसिर अन्तिम साता दुई महिना भित्र टुङ्गो लगाउने गरी प्रक्रिया अघि बढाएपछि सुर्खेतका बाढीपहिरो विस्थापितहरुले पनि भुकम्प पीडित सरह राहत पाउने निश्चित भएको हो ।

याे पनि पढ्नुस्  सुर्खेतका विस्थापितले भुकम्प पीडितसरह राहत पाउने

गत मंसिर अन्तिम साता शहरी मन्त्रालयका सहसचिव शीवहरी शर्माको संयोजकमा बनेको समितिले बाढीपहिरो पीडित परिवारलाई अनुदान उपलव्ध गराउन वितरण कार्यविधि तयार गरेको हो ।

कार्यविधि शुक्रबार मन्त्रीपरिषद्को बैठकमा दर्ता भएको छ । ‘पर्सी बिहीबार (माघ ६ गते) बस्ने मन्त्रीपरिषद्को बैठकले कार्यविधिलाई पास गर्दैछ’ पूर्वगृहमन्त्री एवं सुर्खेत क्षेत्र नम्बर १ का सांसद् पूर्णबहादुर खड्काले भने,–‘कार्यविधि पास भएलगत्तै विस्थापितहरुले भुकम्प पीडितसरह राहत रकम दिने प्रक्रिया शुरु हुन्छ ।’

सुर्खेत, बाँके, बर्दिया, दाङ र सिन्धुपाल्चोकका ९ हजार ७३ घरधुरीले अव भुकम्प पीडित सरह राहत पाउने छन् ।विस्थापितहरुलाई राहत रकम उपलव्ध गराउन कार्यविधिमा २ अर्व ९० करोड १८ लाख ५० हजार रकम  प्रस्ताव गरिएकाे छ ।

सुर्खेतमा ०७१ सालको साउन २८ र २९ गते आएको बाढीबाट विस्थापित भएका एक हजार ४६० घरधुरी रहेको तथ्याङ्क कार्यविधिमा छ । सांसद् खड्काका अनुसार सुर्खेतमा ८७५ जना घर भएका र ५८५ जना घर नभएका विस्थापितहरु रहेको जानकारी दिए ।

कार्यविधिमा उल्लेख भएका बाढीपहिराे विस्थापित घरधुरीकाे तथ्याङ्क

सुर्खेत : घर भएका ८७५ र घर नभएका ५८५

बर्दिया : घर भएका २३१५ र घर नभएका १५४४

बाँके : घर भएका १९२७ र घर नभएका १२८५

दाङ : घर भएका २४७ र घर नभएका १६४

सिन्धुपाल्चाेक : घर भएका १२२ र घर नभएका ९

यस्तै, बर्दियाका ३ हजार ८५९, बाँकेका ३ हजार २१२, दाङका ४११ र सिन्धुपाल्चोकका १३१ घरधुरीले पनि सोही सरह राहत पाउने छन् । तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाको नेतृत्वको सरकारले भुकम्प पीडितसहर नीजि घर पुनर्निमाण अनुदान दिने निर्णयलाई कार्यान्वयन गराउन सांसद् खड्काले गत मंसिरमा मन्त्रालयमा पहल थालेका थिए । ‘आर्थिक अभावले त्रिपालमै थलिए नरबहादुर भन्ने समाचारले मेरो मन छोयो’ सांसद् खड्काले भने,–‘मैले विस्थापितहरुको माग सम्बोधन नहुञ्जेल विश्राम लिन्न भनेको थियो अव काम अन्तिम चरणमा पुगेको छ ।’

कार्यविधि बनेपछि कम्तिमा अवको २ महिनामा पाँचै जिल्लाका विस्थापितले त्रिपालबाट उन्मुक्ती पाउने विश्वास सांसद् खड्काको छ ।

अढाइ वर्षसम्म कसैले वास्था गरेन सांसद् खड्काकै पहलले हामीले भुकम्प पीडित सरह राहत पाउने खवरले खुसी तुल्याएको महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी विस्थापित लक्ष्मी सुनारले बताईन् ।

०७१ साल साउन २८ र २९ आएको बाढीपहिरोले सुर्खेत सयौं नागरिक विस्थापित भएका थिए । सुर्खेतको महिला प्रशिक्षण केन्द्र, गिरीघाट खोला, छिन्चु, तरंगा लगायतका स्थानमा हाल एकसय बढी परिवार त्रिपालमा कष्ठकर जीवन विताइ रहेका छन् ।