☰ open Loading... 24 February 2025|  

बाबुरामको नयाँ शक्तिले फेर्ने भयो झण्डा र चुनाव चिन्ह
  | ६ माघ २०७३, बिहीबार ११:०९

काठमाडौं  । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चुनाव चिन्ह र झन्डा फेर्ने भएको छ । यसअघि निर्वाचन आयोगमा दर्ता गराएको चुनाव चिन्ह र झण्डामा विवाद भएपछि परिवर्तन गर्न लागिएको एक नेताले जानकारी दिए ।

 चुनाव चिन्ह र झण्डा फेर्नेबारेमा छलफल गर्नका लागि आज १२ बजे पार्टीको राजनीतिक समिति र काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारीणि सदस्यहरुको बैठक बस्दैछ । पार्टीको उच्च स्रोतका अनुसार आजकै बैठकबाट यसबारे निर्णय हुने सम्भावना छ ।

baburam-bhattarai-3 (1)

यसअघि पार्टीको चुनाव चिन्ह तारा र झण्डामा रातो ब्याकग्राउण्डमा एउटा तारा राखिएको थियो । तर नेकपा माओवादी केन्द्र निकट वाइसिएलले नयाँ शक्तिले आफ्नो संगठनको झण्डा चोरेको आरोप लगाएको थियो भने निर्वाचन आयोगमा पनि तारा चुनाव चिन्ह अर्कै पार्टीको नाममा दर्ता रहेको पाइएपछि नयाँ शक्ति विकल्पमा लागेको हो ।

 निर्वाचन आयोगले समेत झण्डा र चुनाव चिन्ह फेर्नको लागि आग्रह गर्दै आएको बताइएको छ । स्रोतका अनुसार अब चुनाव चिन्ह आँखा र पार्टीको नयाँ झण्डामा रातो ब्याकग्राउण्डमा ५ ओटा तारा राखिनेछ ।

 अहिलेको दलबाट आर्थिक समृद्धि सम्भव नभएको दाबी गर्दै भट्टराईले २०७२ असोज ९ गते पार्टी परित्याग गरि नयाँ शक्तिको अभियान चलाएका थिए भने २०७३ जेठ ३० मा पार्टीको औपचारिक रुपमा घोषणा गरेका थिए ।