☰ open Loading... 20 September 2024|  

भारतीय ‘झलक दिखला जा’मा नेपाली तेरिया विजयी
  | ७ माघ २०७३, शुक्रबार १८:५४

नेपाली डान्सर तेरिया मगरले भारतीय टेलिभिजन कार्यक्रम ‘झलक दिखला जा: लिटिल मास्टर’को नवौं सिजनको फाइनल जितेकी छिन् । सलमान युसुफ र शान्तनु माहेश्वरीसँगजस्ता सिनियर डान्सर स्टारलाई पछि पार्दे उनले यो उपाधि जितेकी हुन्। यसअघि टेरिया डान्स इन्डिया डान्स, २०१४ की विजेता पनि हुन् ।

teria

रुद्रपुर, रुपन्देहीकी १४ वर्षीया तेरिया हाल मुम्बईको सेन्ट लरेन्स हाइस्कुलमा कक्षा ८ मा पढ्छिन् । बम्बईकी छात्रा तेरिया मोडर्न डान्समा पारङ्गत छिन् । भर्सटाइल डान्सर बन्न चाहने राख्ने तेरिया पढाइमा पनि जेहेन्दार छिन् । फाइनल नजिकिँदै जाँदा टेरियाले जजहरुबाट प्रस्तुति झन् झन् राम्रो भएको प्रतिक्रिया पाएकी थिइन् ।

जुलाइ, २०१६ मा सुरु भएको प्रतियोगिताका लागि पुरुष र महिला गरी १२ जोडी डान्सरहरु छनौट भएका थिए । तेरियासहित ५ जना जुनियर डान्सले अक्टुबर ८ तारिखमा ‘च्यालेन्जर’का रूपमा प्रवेश गरेका थिए ।

एकपछि अर्को उपाधि जितेकी टेरिया सानै उमेरमा अन्तर्राष्ट्रिय ख्याति पाउने नेपाली हुन् । फाइनल प्रतियोगिताका लागि भोट माग्न संसारभरका नेपाली सक्रिय बनेका थिए। नेपालीहरुको तेरियालाई जिताऔं अभियान सफल भएको छ ।

कलर्स टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो ‘झलक दिखला जा’को विजेताले ३० लाख भारतीय रुपिया तथा रेनाल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका निर्णायकमा करण जोहर, फराह खान, ज्याकलिन फर्नान्डिज र गणेश हेज हरेका थिए ।

उनले फाइनलमा डिआइडी सिजन १ र झलक दिखला जाकै पूर्वविजेता सलमान युसुफ खान तथा वर्ल्ड हिपहप च्याम्पियनसिपका विजेता शान्तनु माहेश्वरीलाई हराउन सफल भएकी हुन् । प्रतियोगिताको विजेताको आधिकारिक घोषणा कलर्स टिभीले भोलि शनिबार मात्रै सार्वजनिक गर्नेछ । (नेपालखवर)