☰ open Loading... 19 September 2024|  

‘मिस सुर्खेत’ प्रतियोगिता सञ्चालन
  | ८ माघ २०७३, शनिबार १७:०२

सुर्खेत । सुर्खेतमा मिस सुर्खेत २०१७ सञ्चालन भएको छ । व्यक्तित्व विकास, मोडलिङ्गको ज्ञान, सामाजिक सोच परिवर्तन गर्ने उदेश्यले मिस सुर्खेत शुरु भएको हो ।

skt miss

शुत्र मोडलिङ्ग एण्ड आर्ट क्रियसन वीरेन्द्रनगर सुर्खेतको आयोजनामा आईतबारदेखी मिस सुर्खेतको शुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आयोजक संस्था क्रियशनका निर्देशक विजय खत्रीले सौन्र्दय र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनका लागि मिस सुर्खेतमा सञ्चालनमा ल्याएको बताए ।

आईतबारबाट आवेदन फारम वितरण शुरु गरेको बताएका निर्देशक खत्रीले फिनाले प्रतियोगिताबाट मिस सुर्खेत छनौट गरिने जानकारी दिए । उनका अनुसार मिस सुर्खेतमा सहभागी हुन चाहनेले फारम शुल्क पाँचसय र तालिम शुल्क ७ हजार तोकिएको छ ।

संकलन भएका आवेदन मध्यबाट ४० जना महिला मिस सुर्खेतका लागि छनौट हुनेछन् । ‘फिनाले प्रतियोगितामा सहभागी हुनु पूर्व ४० जनाले मोडलिङ्ग अभ्यासबारे तालिममा दिइने छ’ निर्देशक खत्रीले भने,–‘पूर्ण रुपमा प्रशिक्षण दिएपछि मात्रै मिस सुर्खेत छनौट गरिनेछ ।’

मिस सुर्खेत प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगद पुरस्कार र राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था रहेको खत्रीको भनाई छ । अवको दुई महिनामा सम्पन्न हुने प्रतियोगितामा झण्डै ४ लाख खर्च हुने आयोजकले जानकारी दिएको छ ।