☰ open Loading... 24 February 2024|  

मप गजल मञ्चकाे अध्यक्षमा पुनः अधिकारी
  | ८ माघ २०७३, शनिबार १८:१९

सुर्खेत । मध्यपश्चिम गजल मञ्चकाे अध्यक्षमा पुनः खगेन्द्र अधिकारी ‘अमृत’ अध्यक्षमा चयन भएका छन् । मञ्चकाे शनिबार सम्पन्न तेस्राे अधिवेशनले  ‘अमृत’काे अध्यक्षमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाे हाे ।

munch

मञ्चकाे उपाध्यक्षमा सरस्वति पन्त र शन्देश कठायत, महासचिवमा पहल असिम, सचिवमा कृष्ण ‘विरही जलन’ र  कोषाध्यक्षमा खगेन्द्र ‘अटल’ छन् । दुइ वर्षे कार्यकालकाे सदस्यहरूमा लीला पोख्रेल, बखत वि सि र तेजविक्रम केसी छन् । 

दुई जना सदस्य विधान अनुसार कार्य समितिले मनोनित गर्ने प्रावधान अनुसार पछि मनोनयन गर्ने संस्थाका उपाध्यक्ष सन्देश कठायतले बताए । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै समालोचक डा. दिपक गौतमले गजल मञ्चले मध्यपश्चिमको पहचिान देशभर फैलाउनका लागि आगामि दिनमा आफ्नो कार्य अगाडि बढाउन विश्वास व्यक्त गरे ।

प्रगतिशिल लेखक संघका अध्यक्ष हरिलाल महतारा, साहित्यकार ऋषि शर्मा सुदामा, महेन्द्र चन्द महासागर, पुष्पा आचार्य पीडित, यूवराज संगम, कलाकारहरु विजय राज सेजुवाल, लक्ष्मी राना, सीता चन्द, धिरज कोइराला, विरसिंह सुनारलगायतको उपस्थिती रहेको थियो ।