दाङ । तुलसीपुर उद्योग बाणिज्य संघले यही माघ १३ गतेदेखी आयोजना गर्न लागेको मध्यपश्चिम क्षेत्रिय व्यापार तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेलाको मुख्य आकर्षणको रुपमा चौकिगााई (याक), उट र अष्ट्रिज रहने भएका छन । हिमाली जिल्लाहरुमा पाईने चौरीगाई र तराईमा पाईने उट महोत्सव स्थलमा प्रदर्शनका लागि राख्न लागेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिएका छन ।

महाेत्सवमा लोपउन्मुख पशुपंक्षीहरुका साथै अष्ट्रिज , लौकाट र इमु पनि राखिन उनकाे भनाइ छ । माघ १३ गते देखी २३ गते सम्म तुलसीपुर स्थित अरनिको मैदानमा आयोजना गरिने महोत्सवमा पाँच लाख दर्शकलाई सहभागि गराउने, २० करोडको आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड रुपैयाँ बहुउदेश्यीय सभागृह निर्माणमा बचत गर्ने योजना रहेको संघका अध्यक्ष रिजालले जानकारी दिए ।
स्वदेशी उत्पादन प्रयोग गरौ, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौ भन्ने नाराका साथ आयोजना गर्न थालिएको महोत्सवको अहिले सम्म सबै क्षेत्रको तयारीलाई अन्तिम रुप दिन लागिएको संघका वरिष्ठ उपाध्यक्ष विरु रावतले जानकारी दिए । दाङ सहित राप्ती अञ्चलको व्यापार, व्यवसाय, कृषि, पर्यटन, कला साहित्य, संस्कृतीको संरक्षण र प्रवद्र्धन गर्न आफुहरु लागि परेको आयोजकले संस्थाले जनाएको छ ।
महोत्सवलाई सभ्य, पारदर्शि र भव्य बनाउनका लागि तुलसीपुर उद्योग वाणिज्य संघले सबै तह र तप्कालाई परिचालन गरेको छ । महोत्सवलाई सुरक्षित बनाउन १२ वटा सिसि क्यामेरा जडान गरिनुका साथै विभिन्न तहमा सुरक्षाको व्यवस्था मिलाईएको समेत मिलाइएको सुचना तथा संचार संयोजक शरद रेग्मीले जानकारी दिए ।