☰ open Loading... 24 November 2024|  

दैलेखी सेवा समाजद्वारा रक्तदान
  | १० माघ २०७३, सोमबार १५:२२

दैलेखी सेवा समाजले काठमाडौंमा वृहत रक्तदान कार्यक्रम गरेकाे छ ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा “वृहत् रक्तदान कार्यक्रम” सम्पन्न गरेकाे समाजका महासचिव माेहन शाहीले जानकारी दिए ।

रक्तदान कार्यक्रमकाे उद्घाटन शिक्षण अस्पतालका कार्यवाहक निर्देशक प्रा. डा. दिनेश वाग्लेले गरेका थिए । दैलेख जिल्लाका महत्वपूर्ण व्यक्तित्वहरु देलेखी सेवा समाजका पूर्व अध्यक्ष एवम् प्राज्ञ प्रा. जगतप्रसाद उपाध्याय, राष्ट्रिय युवा नीति तथा युथ भिजन–२०२५ निर्माण कार्यदलका संयोजक योगेन्द्र शाही, साहित्यकार एवम् सेवा समाजका सल्लाहकार टेकबहादुर राना लगायत ६५ जनाले  रक्तदातान गरेकाे महासचिव शाहीकाे भनाइ छ ।

रक्तदान कार्यक्रम पश्चता सामूहिक तस्वीर खिचाउँदै प्रमुखअथितिसहित सहभागीहरू ।
रक्तदान कार्यक्रम पश्चता सामूहिक तस्वीर खिचाउँदै प्रमुखअथितिसहित सहभागीहरू ।

अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा. डा. पुण्यप्रसाद रेग्मीले अत्यन्त दुर्लभ रक्त समुहका रक्तदाता बमबहादुर के.सी. र युवा व्यवसायी जीवन चन्दलाई प्रमाण पत्र समेत वितरण गरेका थिए ।

कार्यक्रममा दैलेख जिल्ला निर्वाचन क्षेत्र नं. २ का सांसद लक्ष्मी पोखरेल, पूर्व जलस्रोत सहायक मन्त्री विनोदकुमार शाह, राष्ट्रिय सभाका पूर्व सदस्य रंगनाथ जोशी, नेपाली काँग्रेस दैलेखका बरिष्ट नेता जगतजंग थापा, दैलेखी सेवा समाजका संस्थापक अध्यक्ष डा. मधुसूदन गिरी, राज्य पुनर्संरचना आयोगका पूर्व सदस्य डा. सर्वराज खड्का, सेवा समाजका सल्लाहकार प्रा.डा. कवि पोखरेल, नेपाली सेनाका पूर्व व्रिगेडियर जर्नेल ध्रुव शाह, सेवा समाजका अध्यक्ष प्रताप शाही लगायतकाे उपस्थिती थियाे ।