☰ open Loading... 25 December 2024|  

पुल निर्माणको शिलान्यासमा देखिए देउवा
  | १२ माघ २०७३, बुधबार १५:३१

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक समारोहबीच दाङ पञ्चकुले गाविस –६ मठौराको बबई नदीमा पुलको शिलान्यास गरेका छन । २४ करोडको लागतमा निर्माण हुनलागेको सो पुलको लम्बाई दुई सय मिटर छ । पुलको निर्माण कार्य २०७५ पुस महिनासम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सभापति देउवाले सडक सञ्जाल विकासको मेरुदण्ड भएको उल्लेख गर्दै पुल निर्माणसँगै यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरे । पुल निर्माण भएसँगै स्थानीयवासीलाई आवतजावत गर्न तथा कृषि उपजलाई बजारसम्म पुर्‍याउन सहज हुने बताउँदै तोकिएकै मितिमा काम सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

सिँचाइ मन्त्री दीपक गिरीले दाङ जिल्लामा रहेका नदी खोलामा पुल निर्माण गरी सडक सञ्जाललाई जोडने कार्यलाई सरकारले प्राथमिकता दिएको बताउँदै सडक स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको धारणा राखे ।