☰ open Loading... 20 September 2024|  

मोडलिङ्गमै स्थापित हुँदै विष्ट र हमाल
  | १३ माघ २०७३, बिहीबार १७:१४

सुर्खेत । मध्यपश्चिम विकास क्षेत्र कला र संस्कृतीले भरिएको क्षेत्र हो । नेपाली खसभाषाको उद्गमस्थल पनि यही विकास क्षेत्र नै हो । जसरी स्थानीय स्तरका कार्यक्रममा गीतसंगित आफ्नै लयमा गुनगुनाउनमा माहिर छन यहाँका कलाकर्मी त्यसरी नै आफ्नो पकट राष्ट्रियस्तरमा समेत फैलाएका छन् ।

modal

यहाँका कलाकाहरु लोकदोहोरी, आधुनिक तथा देउडा गीत गाउने कलाकारहरुको जमात नी ह्वात्तै छ । यद्यपी म्युजिक भिडियोमा मोडलिङ्ग गर्ने कलाकारहरु अझै पनि औंलामै गन्न सकिन्छ । पछिल्ला वर्ष राष्ट्रियस्तरमै रहेर आफूलाई मोडलिङ्गमा स्थापित गर्ने कलाकाराको संख्यामा बृद्धि हुन थालेको छ ।

कमल विष्ट
दैलेख जिल्लाको रावतकोट गाविस ५ मा जन्मेका कमल विष्ट पछिल्ला वर्ष राष्ट्रिय लोकदोहोरी गितमा मोडलिङ्ग गरेका छन् । सानै देखी गीत संगितमा रुचि राख्ने विष्ट स्थानीय स्तरका थुप्रै कार्यक्रममा सहभागी हुन्थे । यद्यपी राष्ट्रिय स्तरमै रहेर मोडलिङ्ग (अभिनय) भने गरेका थिएनन् । ‘सांगीतीक कार्यक्रममा पहिलाबाट नै सहभागी हुन्थे । तर ०६९ सालबाट म्युजिक भिडियोमा मोडलिङ्गको शुरुवात गरेको हुँ’ मोडल विष्ट भन्छन्,–‘स्थानीय स्तरमा काम गर्न जति सहज छ, राष्ट्रिय स्तरमा सहभागी भएर काम गर्न कठिन हुँदो रहेछ ।’

स्कुल पढ्दा देखी नै गीत संगितमा रुचि राख्ने विष्टले हालसम्म १६ वटा म्युजिक भिडियोमा अभिनय गरिसेका छन् । हरेक गीतको शव्द अनुसार अभिनय गर्न निकै कठिन भएको बताउँने विष्ट अरुभन्दा पृथक कसरी बन्ने भन्ने ज्ञान नभएमा स्थापित हुनै नसकिने बताउँछन् । आगामी यात्रा मोडलिङ्गमै विताउने उद्घोष गरेका विष्टले भने,–‘हरेक दिन नयाँ नयाँ मोडलहरु उदाउने क्रम बढ्दो छ, म आफ्नो अभिनयलाई निखार ल्याएर थप स्थापित हुनेछु ।’ उनको आगामी योजना यसै क्षेत्रमा फेशन डिजाइनको कन्सल्र्ट गर्ने योजना रहेको बताए ।

गणेश हमाल
दैलखकै दुल्लुमा जन्मिएका गणेश हमाल सानैमा हिरो बन्ने सपना बोकेका थिए । जसरी नी सांगित क्षेत्रमा आफूलाई स्थापित गर्ने हेतुले ‘हिरो बन्ने सपना’ बोकेर काठमाडौं हानिए । मोडलिङ्गमा प्रवेश गर्नु पूर्व परिवारको सपनाको साकार पार्नु पर्ने मुख्य जिम्मेवारी उनमा थियो पढाई ।

कलेज समयमा पढाइ र बाँकी समय डान्स क्षेत्रमा स्थापित गर्ने सोच काठमाडौं पुगेपछि बदलियो । त्यसैले पनि होला उनले पढाईसंगै मोडलिङ्गलाई पनि संगसंगै अगाडी बढाए ।

‘झण्डै एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेको छु’ पश्चिम नेपालको संवादमा हमालले भने,–‘२०७० सालदेखीको सांगितीक यात्रालाई अझै उचाईमा पु¥याउन तल्लिन छु ।’

भविष्यमा मोडलिङ्गलाई मुख्य पेशा अगाल्ने योजनामा रहेका हमालले हरेक चुनौतीलाई पार लगाउँदै अभिनयनमा थप निखारता ल्याउनमा कटिवद्ध रहेको उल्लेख गरे ।