☰ open Loading... 16 September 2024|  

सुर्खेतमा १२ मिलिमिटर वर्षा
  | १४ माघ २०७३, शुक्रबार ११:५८

सुर्खेत । विहानैदेखी परेकाे झरीले जाडाे बढेकाे छ भने हिमाली जिल्लामा हिमपात शुरू भएकाे छ । पछिल्लो ६ घण्टामा सुर्खेतमा १२ मिलिमिटर पानी परेको छ । सुर्खेतसहित रुकुम, जाजरकोट, दैलेख, कालिकोट, डडेल्धुरा लगायतका पहाडी जिल्लामा वर्षात भएको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जानकारी दिए ।

nepal_map_blue

उनका अनुसार दिपायलमा ५, डडेल्धुरामा ६, धनगढीमा ७, नेपालगञ्जमा १, जुम्ला २ र दाङमा ०.३ मिलिमिर वर्षा भएको छ । शुक्रबार मध्यरातीसम्म हल्का वर्षा हुने र त्यसपछि माैसममा सुधार अाउने अनुमान माैसम विभागकाे छ ।

हिउदे झरीले कृषक उत्साहित
शुक्रबार विहानै देखी परेको पानीले यस क्षेत्रका कृषकहरु उत्साहित भएका छन् । लामो समयसम्म पानी नपर्दा सिँचाई नपुगेका कृषकहरुको सुक्ने अवस्थामा पुगेको हिउदेबालीलाई राहत पुर्याएपछि कृषकहरु खुसी भएका हुन् ।

मध्य र सुदूरपश्चिमाञ्चलका पहाडी जिल्लाहरुमा विहानैदेखी वर्षात भइरहेको छ । यहाँका कतिपय जमिनमा अझै पनि प्रयाप्त सिँचाई सुविधा पुग्न सकेको छैन् । थोरै समयमा पर्ने पानीले सुख्खा माटो ओसिलो बन्नमा सहयोग पुग्ने जिल्ला कृषि विकास कार्यालय सुर्खेतका बरिष्ठ कृषि विकास अधिकृत कालिका कोइरालाले जानकारी दिए ।

उनले हिउदे झरीले कृषकलाई फाइदा नै पुर्याउने बताए । तर कोइरालाले यदी निरन्तर वर्षात भएमा चिसो बढ्ने र आलु लगायतका तरकारी बालीमा नोक्सानी पुग्ने उल्लेख गरे ।