☰ open Loading... 24 February 2025|  

सुर्खेत–दैलेखको विद्युत सेवा अवरुद्ध
  | १४ माघ २०७३, शुक्रबार १८:१०

सुर्खेत । हावाहुरीले रुख ढल्दा सुर्खेत र दैलेखको विद्युत सेवा शुक्रबार दिउसोदेखी अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेत प्रशारण लाइन अन्तरगत छिन्चु–रामघाटको विचमा विजुलीको तार चुडिएको छ ।

विहानैदेखी परेको पानीसंगै हावाहुरीले रामघाट नजिकैको जंगलमा रुख ढलेको थियो । रुखले मुख्य प्रशारण लाइनका दुई तार चुडिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका सहायक प्रशासकिय अधिकृत श्यामलाल पौडेलले जानकारी दिए ।

विद्युत सुचारु गर्न कर्मचारी मर्मतको लागि दिनभर खटिएपनि साँझ मात्रै फल्ड भेटिएको अधिकृत पौडेलको भनाई छ ।
‘दिनभर फल्ड खोज्नै ठिक्क भयो, साँझ मात्रै विद्युतको तार चुडिएको स्थान पत्ता लागेको छ’ पौडेलले भने,–‘मर्मतमा कर्मचारीहरु खटिएकाले रातीसम्म अवरुद्ध लाइन सुचारु गर्ने कार्यमा हामी जुटेका छौं ।’  उनका अनुसार ढलेको रुखले छिन्चुतर्फको पोलमा पनि क्षती पुर्याउँदा पोल समेत  बांगीएको छ ।