☰ open Loading... 16 September 2024|  

जिप दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
  | १५ माघ २०७३, शनिबार १६:४८

जयपृथ्वी नगरपालिका– ६ कपडे नजिक आज शनिबार भएको जिप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा रिलु गाविस– ८ का ४६ वर्षीय लालसिंह बोहरा रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चैनपुरबाट रुपातोला जान लागेको से १ ज ५६२ नम्बरको जिप सडकबाट झन्डै १५० मिटर तल सेती नदीको किनारमा खसेको थियो ।

सो दुर्घटनामा मेलबिसौना गाविस– ५ का ३३ वर्षीय ललित सिंह, रिलु गाविस– ४ का ११ वर्षीय देव बोहरा र १४ वर्षीया सुशीला बोहरा तथा रिलु गाविस १ का १५ वर्षीया शिल्पा बोहरा घाइते भएका छन् ।

घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । जिप चालक देवराज बोहरा प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।