☰ open Loading... 25 February 2025|  

संविधान कार्यान्वयन सबैको साझा सवाल बन्नुपर्छ—उपाध्यक्ष ज्ञवाली
  | १५ माघ २०७३, शनिबार १७:०५

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले सरकारले छिटो स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन । प्रेस चौतारी, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने— “संविधान संशोधन प्रक्रियालाई रोकेर भए पनि स्थानीय निकायको निर्वाचन गर्न सक्नुपर्छ ।”

उपाध्यक्ष ज्ञवालीले सबै दलसँग सहमति गरेर निर्वाचन गर्नुपर्नेमा जोड दिँदै एकाध दलले निर्वाचन मान्दैनन् भने पनि सरकार त्यसबाट पछि हटनु हुदैँन भने ।

संविधान कार्यान्वयन सबैको साझा सवाल बन्नुपर्ने बताउँदै उनले भने — संविधान कार्यान्वयनका लागि विशेषगरी प्रमुख दलबीच एकता, समन्वय र सहकार्य हुनु जरुरी छ ।