☰ open Loading... 25 February 2025|  

प्रेस चौतारीको ६ नम्बर प्रदेश भेला हुँदै
  | १५ माघ २०७३, शनिबार १७:२५

सुर्खेत । प्रेस चौतारी नेपालको प्रदेश नम्बर ६ स्तरीय प्रचार भेला भाेली (आइतवार) वीरेन्द्रनगरमा हुँदैछ । नेकपा एमाले केन्द्रीय प्रचार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा भेला हुन लागेको हो ।

भेलामा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवम प्रदेश नम्बर ६ का इन्चार्ज युवराज ज्ञवाली, केन्द्रीय सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, प्रचार विभागका सचिव विष्णु रिजाल, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्षहरु गगन विष्ट र राजेन्द्र अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम लगायतको सहभागिता रहने छ ।

त्यसैगरी प्रदेश नम्बर ६ अन्तर्गतका दशवटै जिल्लाका पार्टी प्रचार विभाग प्रमुख, प्रेस चौतारीका जिल्ला अध्यक्षहरु लगायत प्रेस चौतारी प्रदेश कमिटिका सबै सदस्यहरुसहित करिब ८० जनाको सहभागिता रहने प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज त्रिभुवन बिसीले जानकारी दिए । भेलाको स्थानीय व्यवस्थापन नेकपा एमाले जिल्ला कमिटि सुर्खेत र प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले गरेका छन्