☰ open Loading... 19 September 2024|  

उद्धार गरिएका बालिका अभिभावको जिम्मा
  | १५ माघ २०७३, शनिबार १८:४१

सुर्खेत । विभिन्न प्रलोभन देखाएर नेपालगञ्ज लैजाँदै गरेको चार बालिकाको सुर्खेत प्रहरीले उद्धार गरेको छ । दैलेख घर भएका उनीहरुलाई गएराती प्रहरीले वीरेन्द्रनगरस्थित जुम्लारोडको एक होटलबाट उद्धार गरेको थियो ।

चुप्रामा बस्दै अाएका उनीहरू १३ वर्षका रहेका छन् । एलिजा खत्रीले नेपालगञ्ज लैजाने बहानामा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तर एलिजा भने प्रहरीले थाहा पाए लगत्तै फरार छिन् । उद्धार गरिएका बालिकाहरुका अभिभावकले छोरीलाई नेपालगञ्ज काममा लगाउने नभई भारतमा लगेर बेच्ने मनाशायले ल्याएको आरोप लगाएका छन् । १३ गते विहान स्कुल जान्छु भनेकी छोरी घर नफर्किएपछि खोजी गर्दा नेपालगञ्ज लगेको खवर थाहा पाएको अभिभावकले जानकारी दिए ।

‘घरमा कोही थिएनौं, छोरीसहित चार जनालाई लिएर भागिछे’ एक अभिभावकले भने,–‘नेपालगञ्ज लिएर काम लगाउने हैन, उसको मनसाय भारत लिएर बेच्ने नै हो ।’ ‘शुक्रबार नै नेपालगञ्ज जाने भनेकी थिइन्, हामीले लगाएका सुन विक्री नहुँदा प्रहरीले उद्धार गरेको हो’ उद्धार गरिएकी एक बालिलकाे भनिन्,–‘नेपालगञ्ज घुम्न जाउँ भनेपछि हामी आएका हौं, कहाँ जाने हो भन्ने हामीलाई नै थाहा थिएन् ।’

उद्धार गरिएका बालिकाहरुलाई प्रहरीले शुक्रबार राती आवाज संस्थाको जिम्मा लगाएका थियो । शनिबार मात्रै बालिकाहरुका अभिभावक आएपछि जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी माेहन अाचार्यले जनाकारी दिए । फरार रहकी एलिजाको खोजी कार्य जारी रहेकाले घटनाको बास्तविकता उनी पक्राउ परेपछि मात्रै थाहा हुने एसपी आचार्यकाे भनाइ छ ।