☰ open Loading... 18 October 2024|  

घर भत्कँदा बालकको मृत्यु
  | १५ माघ २०७३, शनिबार १९:१३

रुकुमको भलाक्चा गाविसमा आज दिउँसो घर भत्कँदा एक बालकको मृत्यु भएको छ । भलाक्चा–९ लहुँका दलबहादुर परियारको घर भत्कँदा उनका छ वर्षीय छोरा वीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घर भत्कँदा बालकको टाउको र छातीमा चोट लागेको थियो । शुक्रबार दिनभरी परेको पानी घरमा चुहिएर घर भत्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घरका अरु मानिसहरु बाहिर रहेको भएपनि उनी घर नजिकै रहेकाले घर भत्किँदा च्यापिएको बताइएको छ ।