☰ open Loading... 29 March 2024|  

अनुगमन टोली दार्मा पुग्यो
  | १७ माघ २०७३, सोमबार १६:५३

बेलायत सरकारको अनुदान सहयोगमा ‘ग्रामीण पहुँच कार्यक्रम’ तेस्रो चरणअन्तर्गत ट्र्याक खोल्न काम भइरहेको छ । जम्मा १४.४ किलोमिटर लम्बाइ रहेको सडकको लागत रु २८ करोड रहेको छ । हालसम्म साढे पाँच किमी बाटो ग्राभेल भइसकेको छ भने फुङले सल्लिसलादेखि दार्मासम्मको करिब ९ किमी ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।

हालै विभिन्न राजनीतिक दलको प्रतिनिधि सम्मिलित एक टोलीले सडकको स्थलगत अवलोकन गरेको थियो । जिल्लाको फुङले, सल्लिसला, दार्माको सडक अनुगमन टोलीमा एमालेका संयोजक छक्कबहादुर रोकाय, राप्रपाका लीलासिंह रावत, नेकपा (माओवादी केन्द्र) का जङ्ग बोहरा, जनजागरण पार्टीका काली विक, स्थानीय विकास अधिकारी देवी ऐडी र सञ्चारकर्मीको सहभागिता रहेकोे थियो ।