| २० माघ २०७३, बिहीबार ०९:४६
सिंहासैनकी मीना शाहीले अटोरिक्साले यात्रा धेरै सहज बनाएको बताइन् । ‘हिँडेर एक/डेढ घण्टा लाग्थ्यो । अब हिँड्नु र चोरी लुटपाटको त्रास रहेन,’ उनले भनिन्, ‘यातायात समितिलाई छोटो दूरीमा सवारी सञ्चालन गर्न अनुरोध गरे पनि सुनुवाइ भएको थिएन ।’
रिक्सा तल्लो डुंगेश्वरका व्यवसायी धर्मबहादुर रावलले चलाएका हुन् । जिल्लाको पश्चिमी भेगबाट सदरमुकाम आउजाउ गर्न सहज भएको स्थानीयको भनाइ छ ।
जंगलको बाटोमा गाडी नपाउँदा यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका थिए । अटो रिक्साले एक पटक सात जनासम्म यात्रा गराउने गरेको छ । प्रतिव्यक्ति १ सय १० रुपैया लिने रिक्सालाई यात्रु बोक्न भ्याइनभ्याइ छ ।