☰ open Loading... 19 September 2024|  

जनमावि काण्ड : एकलौटी विव्यस गठन गर्दा अभिभावक आन्दोलित
  | २० माघ २०७३, बिहीबार १७:५१

विव्यस खारेज नगरिए तालाबन्दी गर्ने चेतावनी

सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरको मुटुमा रहेकाे जनमाविमा एकलौटी रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरेपछि विवाद बढ्न थालेको छ । जन माध्यमिक विद्यालयले गैर कानूनीरुपमा विद्यालयको वार्षिकोत्सवमा विद्यालय व्यवस्थापन गरेपछि विवाद बढेको हो ।

विहीबार मात्रै अभिभावकहरुले जिल्ला शिक्षा कार्यालयमा पुगेर गठन भएको विद्यालय व्यवस्थापन समिति तत्काल खारेजीको माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अभिभावकहरुले आफुलाई झुकाएर गरिएको विद्यालय व्यस्थापन समितिलाई तत्काल खारेजी नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिँदै जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका थिए ।

jana
अभिभावकहरुलाई जानकारी नै नदिई झुक्काएर गरिएको भनिएको विद्यालय व्यवस्थापन समिति तत्काल खारेज गरी नयाँ निर्वाचनको मिति घोषणा गरिपाउँ भन्दै ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले व्यस्थापन समितिमा बसेका व्यक्तिहरुले झुक्काएर वार्षिकोत्सव कार्यक्रम समापन भईसकेपछि गरिएको विद्यालय व्यवस्थापन समिति गठन खारेज नगरिएको खण्डमा विद्यालयमा तालाबन्दी गर्दै विद्यालयको प्राङ्गणबाट नयाँ समिति गठन गर्ने उद्घोष गरेका छन् ।

उनीहरुले यसबाट उत्पन्न हुने सवै जिम्मेवारी जिल्ला शिक्षा कार्यालय सुर्खेतको रहने पनि ज्ञापन पत्रमा भनिएको छ । वार्षिकोत्सवको सम्पुर्ण कार्यक्रम समाप्त भईसकेपछि माइकबाट चार जना सदस्यको नाम घोषणा गरिएको थियो । विद्यालय व्यवस्थापन समिति गठनमा निर्वाचनका लागि आवश्यक कुनैपनि प्रक्रिया पुरा नगरेको भन्दै अभिभावकहरुले तत्काल सच्याएर अगाडी बढ्ने वातावरण सिर्जना गर्न शिक्षा कार्यालयलाई सुझाव दिएका छन् ।

विद्यालय व्यवस्थापन समिति गठन गर्न भन्दा तीन दिन अघि उम्मेदवारी घोषणा गर्ने, निर्वाचन कमिटी बनाउने, दरखास्त लिने जस्ता कुनैपनि प्रक्रिया पुरा नगरी दुई चार जनालाई राखेर गरिएको विद्यालय व्यवस्थापन समिति गठन आफुहरुलाई अस्विकार नभएको अभिभावकहरुको भनाई छ ।

विद्यालय व्यवस्थापन समिति गठन गर्दा या त दलिय सहमति हुनुपर्ने, या अभिभावकहरुको मतको प्रयोग गरिनुपर्ने प्रावधान छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको गठन आगामी चैत्र महिना भित्र गर्ने भनि निवर्तमान अध्यक्ष गोविन्द कोइराला र प्राधानाध्यापक यामबहादुर श्रेष्ठले जानकारी दिएका थिए । तर उनीहरुले नै पछि चार जनाको नाम घोषणा गरेपछि जनमाविको विवाद उत्कर्षमा पुगेको छ ।