☰ open Loading... 19 September 2024|  

एम्बुलेन्स चालकलाइ सार्वजनिक मद्दा
  | २० माघ २०७३, बिहीबार १८:०२

सुर्खेत । सुर्खेत प्रहरीले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउने चालकलाई पक्राउ गरेको छ । प्रहरीको नियमित चेकजाँचको क्रममा वीरेन्द्रनगर–८ पानी ट्यांकी नजिकैबाट एम्वुलेश चालकलाई पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेर भे १ ज १५०२ नम्बरको एम्बुलेन्स चलाएका दैलेख गोगनपानी–२ का दिपक विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष शाखाले जानकारी दिएको छ । उनी विरुद्ध प्रहरीले केही सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरेको जनाएको छ ।