☰ open Loading... 20 September 2024|  

स्यालले टाेक्दा ४ घाइते, दुइकाे अवस्था गम्भीर
  | २० माघ २०७३, बिहीबार १८:३०

गएराती हुम्लाको मैला गाविसमा जंगली स्यालले टाेक्दा चार जना घाइते भएका छन् । घाइते हुनेमा साेही गाविस ५ का १५ वर्षिय शान्ति शाही, ३ का ३१ वर्षिय बिउरा बुढा, १ का १४ वर्षिय बर्सिंग चँदारा र नरविर धामी घाइते भएको मैला ५ का हेमबहादुर शाहीले जानकारी दिएका छन ।

मैला गाविस १ देखि ९ वडा सम्मका बनहरुमा काम गर्न गएको वेला अचानक जंगली स्यालले आक्रमण गरेकाे उनकाे भनाइ छ । घाइते मध्ये शान्ति र धामीको स्थानीय स्तरमा उपचार हुन नसकेपछि नेपालगञ्ज लगिएको मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्माले जानकारी दिए ।

घर आसपासै बाटोमा हिडिरहेका बेला चर्को श्वरमा कराउँदै आएका जंगली स्यालले एक्काशी चिथोरेपछि चार जना घाइते भएका हुन् । स्यालको टोकाइबाट २ भैसी समेत मरेका छन् ।

गएको एक साता देखि जंगली स्यालको आक्रमणले मौ गाविसका स्थानीय बासिन्दाहरु लाई समेत त्रास बनाएको छ ।अहिले कुनेै पनि निकायाले त्यसको नियन्त्रणका बारेमा कुनै पहल नभएको समेत मैला स्वास्थ्य चौकी इन्चार्ज शर्माले बताए ।