☰ open Loading... 20 September 2024|  

बेबारिसे वम सेनाद्वारा निष्क्रिय
  | २० माघ २०७३, बिहीबार १८:३५

वेवारिसे अबस्थामा भेटिएको बम नेपाली सेनाकाे टाेलीले निष्क्रिय पारेकाे छ । हुम्लाको सदरमुकाम सिमकोटमा रहेकाे मानसरोवर बहुमूखि क्याम्पसमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिए पारेको हाे ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्नाे क्षेत्रमा सरसफाई गर्ने क्रममा भेटिएको संकास्पद बमलाई सुरक्षित रुपमा निष्क्रिए पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपालले जानकारी दिए ।

तत्कालिन नेकपा माओवादीले शुरु गरेको शसस्त्र द्वन्द्वबाट आत्म सुरक्षाका लागि सुरक्षाकर्मीले अाफ्नाे पेरिमिटरमा बम राखेको हुन सक्ने अनुमान जिल्ला प्रहरी कार्यलय श्रोतकाे छ ।