☰ open Loading... 20 September 2024|  

सरकारी खर्च गर्ने मध्य मन्त्री थानी पाँचौँ
  | २० माघ २०७३, बिहीबार २१:५०

सहकारी विकास तथा गरिवी निवारण मन्त्री हृदयराम थानी हालको मन्त्री परिषद्मा पाँचौँ खर्चालु मन्त्री बन्न सफल भएका छन् । । नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका मन्त्री थानीले जिल्ला भ्रमणमा निस्किँदा पाँच महिनामा चार लाख ८१ हजार सात सय २० रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् ।thani

हालको मन्त्री परिषद्मा सवैभन्दा बढी स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगु खर्चालु मन्त्री बनको छन, भने सवैभन्दा कम खर्च अर्थमन्त्री कृष्णबहादुर महराले गरेका छन् ।

केही दिनअघि मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्दा अपवाद बाहेक सबैसँग करोडौं नगद, शेयर र गरगहना अनि अथाह जग्गा जमिन थिए । मन्त्रीहरुले जिल्ला अनुगमन र मूल्यांकनमा जाँदा खर्च भएको भन्दै ५ महिनामा राज्यकोषबाट करिब एक करोड असुलेका छन् । यसलाई ‘टिएडिए’ का नाममा मन्त्रीहरुबाट भएको बम्हलुट गरेका पाइएको हो ।

कुनै पनि मन्त्री जिल्ला जाँदा खर्च गर्नुपर्दैन, खानपिनदेखि बाससम्म सबै व्यवस्था सरकारी अड्डा र सम्बन्धित निकायका व्यक्तिले गरेका हुन्छन् । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले त आफू घरमा बस्दासमेत होटलमा बसेको विलभर्पाइ मिलाएर रकम निकासा गरेको बुझिएको छ ।

मन्त्री केसीले मंसिर र पुस महिनामा तीन पटक गृहजिल्ला नुवाकोट पुगेको प्रधानमन्त्री कार्यालयमा पेश गरेको विल भर्पाइमा देखिन्छ । मन्त्री केसीका स्वकीय सचिव सरोज केसीका अनुसार उनले हरेक पटक जिल्ला जाँदा विदुरस्थित आफ्नै घरमा बस्ने गरेका छन् । तर, मन्त्री केसीले जिल्ला भ्रमण खर्चका नाममा मंसिर र पुस महिनामा मात्र ३ लाख ६ हजार ५ सय ७० रुपैयाँ प्रधानमन्त्री कार्यालयबाट भुक्तानी लिएका छन् ।

यसरी जथाभावी बिल बनाउँदै राज्यकोषबाट पैसा लिने केसी एक्ला मन्त्री चाहिँ होइनन् । अधिकांश मन्त्रीले फर्जी तरिकाले राज्यकोषबाट भुत्तानी लिइरहेका छन् ।