☰ open Loading... 23 December 2024|  

आर्थिक सवलिकरणमा महिला
  | २४ माघ २०७३, सोमबार ०८:२७

वास्तवमा महिलाहरुलाई आर्थिक रुपमा सशक्त र जिम्बेवारी दिई उनिहरुको अर्थतन्त्रमा उत्पादन मूलक कार्य योजना निर्माण गरी अर्थतन्त्रमा प्रतिस्पर्दा गरी उपयूक्त जिविको पार्जन आय आर्जनको साथै बाताबरण अनुकुल महिलाहरुको आर्थिक सवलिकरणमा बिशेष जोड दिएको छ ।

depak-jaisi
भनिन्छ । अधिकाशं महिलाहरु घरको चुला चौका मात्र सिमित भई घर ब्यबहार चलाउने छोराछोरीलाई हुर्काउने बढाउने देैेखी लिएर घाँस दाउरा काट्ने सम्म फलस्वरुप परिवारको आयआर्जनमा महिलाहरु लाग्नु हुदैन भन्ने पअिले देखी मनस्थीती कुसंस्कृति हाम्रो समाजमा मौलाएको छ ।

भने कमजोर आर्थिक स्थीतिका कारण सिप बिकास दक्ष अनुभवमा महिलाको योगदान वा उपस्थिती कम छ । हुन त नेपालमा पुरुष भन्दा महिलाहरुको संख्या बढी छ । हाम्रो समाज मुलत पुरुष प्रधान देश भएकै कारण पनि महिलाहरु सवल र सशक्तिकरणमा अगाडी बढ्न सकेका छैन्न ।

नेपाली समाजमा गरीबी लैगीक बिभेदका कारण पनि महिलाको अबस्था पुरुषको तुलनामा कमजोर रहेको छ । हुनत राज्यले महिला शसक्तिकरण र सवलिकरणमा रहेर निति र कार्यक्रम ल्याए पनि समग्र रुपमा अधिकां महिला लाभान्भीत भएका छैनन ।

लैगिक समानता र महिला सवलिकरण गरीब महिलाहरुलाई आर्थिक रुपमा कसरी सक्षम बनाउन सकिन्छ । भन्ने कुराको अध्यायन गरी आर्थिक श्रोत साधन मा पहुच र नियन्त्रण ज्यादै न्यून रहेको समेत श्रोतले जनाएको छ । नेपालमा अधिकाशं महिलाहरुको संख्या ग्रामिण भेगमा भएकाले अर्थाेपार्जन गर्नु पर्ने अबस्था भए पनि उनिहरुको अशिक्षा नजान्ने केही मेसो नपाएका कारणले पछाडि परिरहेका छन ।

हुनत आर्थिक सवलिकरण र समुन्नत बिकासमा अग्रसर गराउनका लागी स्वरोजगार महिला उद्येमी बिकास कृर्षि तथा सर्वसुलभ कर्जाको काम नभएको होईन ।तर बिडम्बना महिलाहरुको आर्थिक अबस्था सुर्धान आर्यआर्जन र लगानी क्षेत्र पहिचान गरी आर्थिक श्रोत साधन परिचालन गरी श्रृण प्रवाहामा चासो कम देखाएको देखिन्छ ।

खास गरी नेपालका ेअर्थतन्त्रलाई अलि फरक राम्रो बनाउनमा कृर्षि प्रणालीलाई आधुनिकरण बैज्ञानिक तरीकाले प्रर्वधन गर्ने महिलाहरुलाई उचित तालिम दिई दक्ष जनशक्तिको उत्पादन गर्नु पर्छ । गुरु योजना बनाई बिभिन्न दातृ राष्टहरु संग बार्षिक कार्यक्रममा ध्यान दिनु पर्दछ । नेपालका ग्रामीण इृलाकाका महिलाहरुले आफु खुसी खर्च गर्न पाउने सम्मको आर्यआर्जन गर्न महिलाहरुलाई हम्मे हम्मे पर्छ ।

महिलाहरुले आफ्नो छुट्टै किसिमको आर्यआर्जनका लागि कुनै प्रयास नै गदैनन मुलत आर्थिक श्रोत सम्म आफ्नो पहुच अबसर दक्षता सिप र कृषिको उत्पादक संगै प्रत्यक्ष सरोकरमा अभाव रही आर्थिक अबसर र आबश्यकतामा कमी आएको छ । बास्तवमा सोही अनुरुप महिलाको सवलिकरण उनिहरुको गरीबी संग सम्बन्धित हुन्छ । परिवार शिक्षीत हुदा सेवा र निर्णाकयको प्रकृयामा आफ्नो पहुच हुन्छ ।

समग्र रपमा लक्षित बर्ग कति सम्म लाभान्भीत भए र कुन हद सम्म भन्ने कुराको एउटा शसक्त ठोस निर्णाय अनुगमन गरिन्न तव सम्म महिलाहरुको राम्रो सवलिकरणक आसा गर्न सकिदैन । आजको यस बिश्वब्यापी अर्थतन्त्रमा प्रतिस्पर्दा गर्न एउटी महिलालाई जिविकोपार्जनका उपयूक्त बिकल्प सम्मको पहुच सामाजिक पुजि र सहायतामूलक तथा अनुकुल बाताबरणको संयोजनको आबश्यकता पर्दछ ।

आज पुरुष जति आर्थिक रुपले आफुलाई आत्मनिर्भर रहन जरुरी देख्दछन । त्यतिनै आज महिलाहरु पनि आर्थिक रुपले आर्थिक रुपले आत्मनिर्भर भएको हेर्न चाहान्छन । यहि कुरा मात्र बिचार गर्दा परिवारमा सबै सदस्यहरुले आर्जन गर्न आजको आबश्यबता हो । यसमा पनि महिलाहरुलाई धेरै प्रोत्साहन गर्नु पर्छ । फलस्वरुप महिलाको आर्थिक सवलिकरणमा टेवा पुग्दछ ।

मुलत महत्वपुर्ण आर्थिक समुन्नतको पाटो महिलाहरुलाई महिलाकै आर्थिक बिकास गर्न संलग्न गराउनु पर्दछ । हुनत राज्यमा पनि सशक्त महिलाहरुको खाचो छ । तैपनि कार्यन्वयन तहमा महिलाहरुको स्थिती कस्तो छ ? निति नियम के कस्तो बनाउनु पर्दछ ? कस्तो कार्यक्रम बनाएमा उनिहरुको स्थिति सुधिन्छ भन्ने कुरामा बिशेष जोड दिन जरुरी देखिन्छ ।

जसरी सानो सानो भए पनि सुर्खेतमा महिलाहरुले आफ्नो सोचाई र लगानिमा उद्योग ब्यबसाय गरेर आर्य आर्जनमा अलि आफ्नो घर परिवारको जिविका चलाएका छन ।आफेनै नेतृत्व सहभागितामा सानो सानो ब्यबसाय संचालन गरीरहेका छन ।

यहि सानो ब्यबसायलाई सरकारले प्रसासनको पात्र बनाई ठुला निर्णय गरी समन्वय सहयोग र सहकार्यमा बिशेष जोड दिदा महिलाहरुको आर्थिक सवलिकरणमा एउटा राम्रो कोसे ठुङगा साबित भएको छ ।उनिहरुको समान अबसर र आर्यअर्जनमा सहभागिता क्षमता, अभिबृद्धि आत्मबिश्वास, नेतृत्व बिकास सकारात्मक सोचको बिकास भई महिलाहरुको सर्वाेपरि तरीकाले अर्थतन्त्रमा सवलिकरण भई सुखी र सम्पन्न परिवार हुन्थ्थो ।

अर्थतनत्रमा महिलाको भूमिका प्रर्वधन गर्न महिलाहरुकोआर्थिक सवलिकरणमा टेवा के कसरी पुग्छ ? वा पर्याउन सकिन्छ । भन्ने बिषयमा केही दिन अघि सुर्खेतमा कानुनि नितिगत कार्यगत समन्वयात्मक तथा सयूक्त प्रयाास गर्नका लागि दायित्व संस्थाले महिलाहरुको आर्थिक सवलिकरण बिषयक निर्देशिकामा छलफल गरेको थियो ।

जसमा सवलिकरण केहो ? बिश्वब्यापी नितिको तहमा लैगिक समानता महिलाहरुको स्याहार समबन्धीत कार्य समान ज्याला र समान कामको अधिकार समबन्धी दिगो बिकास लक्ष्य र हालै घोषण भएको सयुक्त राष्ट संघको महिला आर्थिक सवलिकरण र शसक्तिकरण सम्बन्धि उच्च स्तरिय गठनमा सन २०१६ ले स्थापना गरेको सवलिकरण सम्बन्धि सात वटा बिषयगत क्षेत्रको पहिचान गरी कार्यन्वयनमा जोड दिन छलफल गरेको थियो ।