☰ open Loading... 18 May 2024|  

अञ्जुको उपचार खर्च जुट्दै
  | २४ माघ २०७३, सोमबार १८:४५

सुर्खेत । जंगलमा घास काट्न गएको बेला रुखबाट लडेर घाईते भएको अञ्जु कार्कीको उपचार खर्च जुट्न थालेको छ । वीरेन्द्रनगर–१३ घुस्रा निवासी अञ्जुको आर्थिक अभाव कमजोर भएपछि उपचारमा सघाउन अपिल परिवारले गरेको थियो ।

Help

हालसम्म अञ्जुको उपचारको लागि संकलन भएकाे तीन लाख २९ हजार ५७० रुपैयाँ उनका श्रीमान मोहन कार्कीलाई हस्तान्तरण गरिएको छ । यो मध्य सवैभन्दा बढी रकम सुर्खेत–कोरिया सम्पर्क समिति दक्षिण कोरियाले ५० हजार रकम संकलन गरेको छ ।

उपचार खर्च अभावले लखनउ अस्पतालमा छटपटाइरहेकी सुर्खेत घुस्राकी अञ्जु कार्की ।
उपचार खर्च अभावले लखनउ अस्पतालमा छटपटाइरहेकी सुर्खेत घुस्राकी अञ्जु कार्की ।

दक्षिण कोरियामा रहेका अध्यक्ष लक्ष्मी नारायण बस्नेत र सचिव भोजराज जैशीको पहलमा संकलन भएको सो रकम सुर्खेत–कोरिया सम्पर्क समिति दक्षिण कोरियाका संस्थापक अध्यक्ष  लक्ष्मी प्रसाद ढकाल, पूर्व अध्यक्ष विकास मल्ल र पूर्व सदस्य केशव शर्माले संकलन भएको रकम सोमबार संयुक्त रूपमा अञ्जुका श्रीमान मोहन कार्कीलाई हस्तान्तरण गरेका छन ।

अञ्जुको उपचार सहयोगका लागि देउती नर्सिङ होम एवम् डा. सविनाले २९ हजार ४ सय, दाउन्ने सामुदायिक वनले १२ हजार पाँचसय, जनचेतना सामुदायिक वनले १२ हजार, ज्ञहेन्द्रप्रसाद दाहालले ११ हजार ५५, बखतबहादुर शाहीले ११ हजार रुपैयाँ दिएका छन् । यस्तै सानो सुर्खेत सामुदायिक वनले १० हजार, नविन गौतमले ८ हजार पाँचसय, यादव विसीले ७ हजार रुपैयाँ सहयोग गरेको अञ्जुका श्रीमान मोहन कार्कीले जानकारी दिए ।

गत पुस ५ गते रुखबाट लडेर घाइते भएकी अञ्जुको भारतको लखनउमा रहेको इन्दु अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा हालसम्म ३० लाख बढी खर्च भएको छ । उनको सानो आन्द्रामा सात ठाउँ र ठुलो आन्द्रामा दुई ठाउँ फुटेको छ ।

डाक्टरले उनको सफल अप्रेशन गरेपनि उनलाई सन्चो हुन अझै ४५ दिनसम्म आइसीयुमा राखेर उपचार गर्नुपर्ने डाक्टरले बताएको मोहनको भनाई छ । अञ्जुलाई बचाउन रोजगारीको सिलसिलामा मलेसिया पुगेका श्रीमान सुर्खेत आएका छन् ।

उनले जिल्लाका व्यापारी, नागरिक, सामुदायिक वन, सहकारी संस्था, शिक्षक संस्था लगायतका विभिन्न व्यक्तिहरुबाट सहयोग रकम संकलन गरिरहेको पनि बताए ।

आफ्नो श्रीमतीको ज्यान बचाई दिन आग्रह गरेको मोहनले अझै कसैले सहयोग गर्न चाहेमा ग्लोबल आइएमइ बैंक सुर्खेतको खाता नम्बर ३००७०१०००४३८९ मा सहयोग गर्न अपिल गरेका छन् । साथै उनले आफ्नो सम्पर्क नम्बर ९८०८६००२२४ र  ९८५८०५१४९८ मा फोन गरेर पनि सहयोग गरिदिन आग्रह गरे ।