☰ open Loading... 26 October 2024|  

यस्तो बन्यो सुर्खेत प्रहरीको नयाँ भवन (तस्वीरसहित)
  | २५ माघ २०७३, मंगलवार १५:५७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरेको यो भवनको कुल लागत ३ करोड ७४ लाख ९१ हजार ७२९ रुपैयाँमा रहेको छ ।

police office 2
०७१ साल मंसिर २६ गतेबाट निर्माण शुरु गरिएको भवन निर्माणको जिम्मा रोयल जेभी धनगढीले जिम्मा लिएको थियो । आर.सि.सी.फ्रेम स्ट्यक्चर अवधारणामा २ तले कार्यालय भवन र दुई तले हिरासत ब्लकको निर्माण गरीएको छ ।

याे पनि पढ्नुस् ।

 निष्पक्ष अनुसन्धान गर्ने वातावरण भएन : प्रहरी महानिरीक्षक अर्याल

निर्मित कार्यालय भवनको भुई तलामा कार्यालय प्रयोजनका निमित्त ७ वटा कोठाहरु छन् भने भवनको पहिलो तलामा कार्यालय प्रयोजनकै निमित्त थप ७ वटा कोठाह छन ।

police office 3

यस्तै, तेश्रो तलामा २ वटा कोठा एट्याज सौचालय सुविधा सहितको गरी जम्मा ६ वटा कोठा रहेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका ईन्जिनियर रोशन सारुले जानकारी दिए ।

police office 4

उनका अनुसार हिरासत ब्लकको भुई तलामा छुट्टै ५ वटा सुविधा सम्पन्न हिरासत कक्ष छन् भने पहिलो तलामा बन्दो बस्तिका सामान सस्टोरका लागि ४ वटा कोठाहरु निर्माण गरिएको छ ।

police-office
भवनका सवै कोठाहरूमा प्रयाप्त प्रकाश र हावाका लागि उपयुक्त नापका आल्मुनियमका झ्यालहरुको व्यवस्था गरिएको छ । भवन निर्माणको क्रममा प्राबिधिक रेख देखका निमित्त मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट नै प्राबिधिक प्रहरी अधिकृतहरुले अनुगमन गरेका थिए ।

तस्वीर : सुशील खड्का /पश्चिम नेपाल